बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु « Khabarhub

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’ अभियान सुरु गरेको छ । 

२१ सेप्टेम्बरदेखि २० अक्टोबर २०२६ सम्म सञ्चालन हुने यस अभियानमार्फत उबरले आफ्नो मोबिलिटी नेटवर्कलाई राष्ट्रिय विपद् राहत प्रयाससँग जोड्दै यात्रु तथा चालक दुवैलाई मानवीय सहयोगको अभियानमा सहभागी हुन आह्वान गरेको छ ।

अभियानअन्तर्गत उबरले बाढी प्रभावित समुदायको सहयोगका लागि नेपाल रेडक्रस सोसाइटीलाई ५० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

कमपनीका अुनसार उक्त सहयोग आपतकालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापना सम्बन्धी कार्यमा उपयोग गरिनेछ । यसका साथै, अभियान अवधिभर उबरले प्लेटफर्ममार्फत सम्पन्न हुने हरेक उबर बाइक यात्राबापत १० रुपैयाँ तथा हरेक उबर क्याब यात्राबापत २० उबरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ ।  

 उबरकाका नेपालका लागि रणनीतिक साझेदार ट्याक्सिमान्डुका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसी ले विपद्को समयमा यात्रु र चालक दुवैको सक्रिय सहभागिता महत्त्वपूर्ण हुने बताए । 

उनले भने, ‘राइड फर नेपाल’ केवल एउटा अभियान मात्र होइन, विपद्को समयमा हामी सबै एकजुट भएर सहयोग गर्ने अवसर हो । यात्रुले बुक गर्ने हरेक राइड र चालक साथीहरूले पूरा गर्ने हरेक यात्रासँगै राहतका लागि उबरको योगदान बढ्दै जानेछ । हाम्रो हरेक यात्रा बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा जोडिएको एउटा अर्थपूर्ण योगदान बनोस् ।’

त्यसैगरी, उबर इन्डिया तथा दक्षिण एसियाका अन्तर्राष्ट्रिय बजार प्रमुख आकांक्षा सिंहले नेपालको राहत तथा पुनर्स्थापना प्रयासका लागि सामूहिक सहयोग आवश्यक रहेको बताइन् । 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १२ : ५८ बजे

प्रतिनिधिसभाबाट निःशुल्क कानुनी सहायता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम