एमाले सांसदको आरोप- सत्तापक्षले अदालतका निर्णयमा राजनीतिक आक्रोश पोखे, न्यायाधीश धम्क्याए « Khabarhub

एमाले सांसदको आरोप- सत्तापक्षले अदालतका निर्णयमा राजनीतिक आक्रोश पोखे, न्यायाधीश धम्क्याए


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले विगत केही दिनदेखि न्यायिक प्रणालीमाथि पटक–पटक प्रहार भइरहेको भन्दै सदनको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा सांसद बरालले सत्तापक्षका सांसदहरूले अदालतका निर्णयहरूप्रति राजनीतिक आक्रोश पोख्ने, न्यायाधीशहरूलाई धम्क्याउने, आक्षेप लगाउने र न्यायपालिकामाथि निरन्तर प्रहार गर्ने गलत प्रवृत्ति देखिएको भन्दै आपत्ति जनाए ।

अदालतलाई दबाउने र नियन्त्रण गर्ने प्रयासले अन्ततः नागरिकको न्याय पाउने मौलिक अधिकार नै खोसिने उनले बताए ।

उनले संसद् कानुन बनाउने थलो भए पनि कानुन र संविधानको अन्तिम व्याख्या गर्ने अधिकार न्यायपालिकाको रहेको स्पष्ट पारे ।

सरकार वा सत्तारूढ दल संविधान र कानुनको सीमाबाहिर जान खोज्दा रोक्नु अदालतको संवैधानिक कर्तव्य भएको र यस्तो कार्यमा अदालतसँग बदला लिने मानसिकता अलोकतान्त्रिक संस्कार भएको उनले बताए ।

उनले आवधिक निर्वाचनबाट प्राप्त हुने जनादेश अस्थायी हुने भएकाले त्यसको आडमा विधिको शासन र लोकतन्त्रको आधारशिला भत्काउन नपाइने उल्लेख गरे ।

न्यायपालिकाको स्वतन्त्रता, संविधानको सर्वोच्चताको रक्षा र अदालतको आवश्यक सुधारका पक्षमा एमाले दृढ रहेको उनको भनाइ छ ।

सांसद बरालले धारणा राखेपछि रास्वपा सांसद यज्ञमणि न्यौपानेले नियमापत्ति गरेका थिए । सांसद न्यौपानेले आफूहरूले अदालतलाई कमजोर बनाउन नखोजेको, बरु कमजोर बनेको अदालतलाई सक्षम, उत्तरदायी र प्रभावकारी बनाउन संसद्मा आवाज उठाएको बताए ।

अदालतमा सिन्डिकेट कायम गरिएको आरोप लगाउँदै उनले त्यसको अन्त्य गरी काबिल र सक्षम न्यायाधीशहरूले मात्र न्याय सम्पादन गर्नुपर्ने धारणा राखे । संसद्ले कुनै मुद्दाको पुनरावेदन नसुन्ने तर अदालतबाट हुने गलत फैसलाहरूको अध्ययन र विचार गर्न पाउने उनले तर्क गरे ।

सांसद न्यौपानेले धारणा राखेपछि एमाले सांसद बरालले पुनः आपत्ति जनाउँदै अदालतको फैसलालाई संसद्ले अध्ययन गर्न नमिले व्यवस्था ख्याल गर्न सुझाव दिए ।

अदालतका कामकारबाही, सुधार तथा आवश्यक प्रक्रिया अगाडि बढाउने जिम्मेवारी र व्यवस्था न्याय परिषद्को भएको उनले बताए ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  १ : १९ बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली