भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता « Khabarhub

भारी वर्षाको सम्भावनापछि चितवनमा उच्च सतर्कता


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– चितवनसहित देशभर केही दिन लगातार भारी वर्षा हुने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अपनाउन जिल्लावासीमा आग्रह गरेको छ ।
 
मौसम विज्ञान विभागको प्रक्षेपणअनुसार भारी वर्षाको सम्भावना रहेकाले सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले पूर्वसतर्कता अपनाउन आग्रह गरेको हो । 

प्रशासनले सूचना जारी गर्दै अतिआवश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न तथा यात्रा गर्नैपरेमा सडकको अवस्थाबारे सुरक्षा निकाय वा स्थानीय तहसँग जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ । 

यात्राका क्रममा मौसम बिग्रिएमा गन्तव्यमा पुगेरै छाड्नेभन्दा आफू रहेकै स्थान आसपासको सुरक्षित ठाउँमा बस्नसमेत भनिएको छ । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सर्न आग्रह गर्दै स्थानान्तरणका क्रममा समस्या भएमा सम्बन्धित स्थानीय तह वा नजिकको सुरक्षा निकायमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

मौसमको अवस्था हेरेर जुनसुकैबेला सडक आवागमन बन्द हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन उनले आग्रह गरे। 

तटीय क्षेत्रमा सञ्चालित होटल, रेस्टुरेन्ट, विद्यालय तथा कलकारखाना छोटो सूचनाका आधारमा जुनसुकै बेला बन्द गर्नुपर्ने अवस्था आउनसक्ने भएकाले आवश्यक तयारी गर्न प्रशासनले आग्रह गरेको छ । 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १ : १६ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा