अमेरिकामा सी जिनपिङको भव्य स्वागत, १०० फिट लामो रेड कार्पेट बिछ्याइयो « Khabarhub

अमेरिकामा सी जिनपिङको भव्य स्वागत, १०० फिट लामो रेड कार्पेट बिछ्याइयो


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भ्रमणमा पुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङको भव्य स्वागत गरेका छन्।

ज्वाइन्ट बेस एन्ड्र्युजमा राष्ट्रपति सीलाई रेड कार्पेटसहित सैन्य सम्मान प्रदान गर्दै स्वागत गरिएको थियो। सीको स्वागतका लागि विमानस्थलको रनवेमा करिब १०० फिट लामो रेड कार्पेट बिछ्‌याइएको थियो।

सीको विमान अवतरण गरेपछि अमेरिकी सेनाका दुई बी–१ बमवर्षक विमानले आकाशमा फ्लाईपास्ट गरेका थिए। बी–१ अमेरिकी सेनाको सुपरसोनिक बमवर्षक विमान हो।

राष्ट्रपति ट्रम्प पत्नी मेलानिया ट्रम्पसहित सी र उनकी पत्नी पेङ लियुआनको स्वागतका लागि विमानस्थल पुगेका थिए। स्वागत समारोहमा दुवै देशका उच्च अधिकारीहरूको पनि सहभागिता थियो।

सी जिनपिङको अमेरिका भ्रमण तीनदिने रहेको छ। उनको स्वागतका लागि ह्वाइट हाउसले विशेष कार्यक्रमसहित भव्य तयारी गरेको छ।

यो भ्रमणका क्रममा ट्रम्प र सीबीच द्विपक्षीय सम्बन्ध, व्यापार तथा अन्य आपसी चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  २ : ५४ बजे

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन

‘श्रीलंकाका ६४ प्रतिशत बालबालिकाले सिफारिसभन्दा बढी स्क्रिन समय बिताउँछन्’

एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई भोलि बिहान सम्बोधन गर्ने, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्