अमेरिकामा सी जिनपिङको भव्य स्वागत, १०० फिट लामो रेड कार्पेट बिछ्याइयो « Khabarhub

अमेरिकामा सी जिनपिङको भव्य स्वागत, १०० फिट लामो रेड कार्पेट बिछ्याइयो


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भ्रमणमा पुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङको भव्य स्वागत गरेका छन्।

ज्वाइन्ट बेस एन्ड्र्युजमा राष्ट्रपति सीलाई रेड कार्पेटसहित सैन्य सम्मान प्रदान गर्दै स्वागत गरिएको थियो। सीको स्वागतका लागि विमानस्थलको रनवेमा करिब १०० फिट लामो रेड कार्पेट बिछ्‌याइएको थियो।

सीको विमान अवतरण गरेपछि अमेरिकी सेनाका दुई बी–१ बमवर्षक विमानले आकाशमा फ्लाईपास्ट गरेका थिए। बी–१ अमेरिकी सेनाको सुपरसोनिक बमवर्षक विमान हो।

राष्ट्रपति ट्रम्प पत्नी मेलानिया ट्रम्पसहित सी र उनकी पत्नी पेङ लियुआनको स्वागतका लागि विमानस्थल पुगेका थिए। स्वागत समारोहमा दुवै देशका उच्च अधिकारीहरूको पनि सहभागिता थियो।

सी जिनपिङको अमेरिका भ्रमण तीनदिने रहेको छ। उनको स्वागतका लागि ह्वाइट हाउसले विशेष कार्यक्रमसहित भव्य तयारी गरेको छ।

यो भ्रमणका क्रममा ट्रम्प र सीबीच द्विपक्षीय सम्बन्ध, व्यापार तथा अन्य आपसी चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  २ : ५४ बजे

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार