ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले « Khabarhub

ताप्लेजुङको दोभानमा भीषण आगलागी, करिब १० घर जले


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी हुँदा करिब १० घर जलेका छन्।

करिब ५० घरधुरी रहेको बाक्लो बस्तीमा आज लागेको आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजङ्घा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

आगो नियन्त्रणमा लिन सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालन भएका छन्। आगलागीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ३ : ०० बजे

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष