प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने « Khabarhub

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, दशैँअघि टुङ्ग्याइने


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले नेपाल सरकारबाट विभिन्न १३ देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको दशैँअघि नै सुनुवाइ टुङ्ग्याउने गरी प्रक्रिया अघि बढाएको छ ।
    
समितिको आज बसेको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइको प्रक्रिया सुरु गर्दै १० दिनको समय दिई उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।
    
समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित राजदूतहरूको बायोडाटा अध्ययन, उनीहरूले पेस गर्ने कार्ययोजना र प्राप्त उजुरीलाई मुख्य आधार बनाई सुनुवाइ अघि बढाइने बताए।
    
उनका अनुसार प्रस्तावित राजदूतहरूको बायोडाटा समितिमा प्राप्त भइसकेकाले त्यसको अध्ययन तत्काल अघि बढाउन सकिनेछ । त्यस्तै, उनीहरूले पेस गर्ने नतिजामा आधारित कार्ययोजनाको अध्ययन पनि उजुरीको समयावधिसँगै अघि बढाउन सकिने सभापति श्रेष्ठले बताए।
    
उनले उजुरीबाहेक समितिले गर्नुपर्ने तयारीका कामलाई अघि बढाउँदै सुनुवाइ प्रक्रिया सकेसम्म छिटो टुङ्ग्याउने तयारी रहेको बताए। यही असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले भारत, चीन र संयुक्त राज्य अमेरिकासहित १३ देशमा राजदूत सिफारिस गरेको थियो ।
 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ३ : ०२ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा