धमाधम खोलिँदै बेत्रावती जोड्ने अस्थायी ट्रयाक (तस्बिरहरू) « Khabarhub

धमाधम खोलिँदै बेत्रावती जोड्ने अस्थायी ट्रयाक (तस्बिरहरू)


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– रसुवाको भोटेकोशीमा गत भदौ १० मा आएको बाढीले पछिल्लो २८ दिनदेखि नुवाकोट र रसुवाको सिधा सम्पर्कविच्छेद छ । 

रसुवागढी नाकासम्म सडक सुचारू गर्ने उद्देश्यले पहिलो चरणमा नुवाकोटको विदुरदेखि बेत्रावतीसम्म जोड्ने सडक खुलाउने काम अन्तिम चरणमा पुगेको छ ।
 
सडक विभागअन्तर्गतको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडक योजनाले तिरतिरे भीरदेखि बेत्रावतीसम्म २० वटा मेसिन प्रयोग गरेर धमाधम अस्थायी ट्रयाक बनाइरहेको छ । 

हालसम्म २.२ किलोमिटर सडकमा ट्रयाक खोल्ने काम सकिएको र करिब ८ सय मिटर बाँकी रहेको फिल्डमा खटिएकी इन्जिनियर स्मिता शाहले बताइन् ।

करिब एक सय मिटर क्षेत्र भूगोलका कारण अप्ठेरो रहेको उनले सुनाइन् । एक/दुई दिनमा बेत्रावतीसम्म ट्रयाक जोडिने उनको भनाइ छ । 

‘बाढीपछि भदौ ११ मा रेकी गरिएको थियो । त्यसपछि मेसिन मोबिलाइज गरेर तीरतिरे भीरबाट काम थालेका थियौँ,’ उनले भनिन्, ‘तर, त्यहाँ ३० फिटसम्म लेदो भएकाले नतिजा आएन । थोरै माथिबाट काम अघि बढाएका थियौँ ।’

ट्रयाक खोल्न एकपटक ब्लास्टिङ गरिएको र फेरि गर्न परेमा नेपाली सेनाको सहयोग लिइने उनले बताइन् ।

निर्माण गरिएको अस्थायी सडकलाई आवश्यकताअनुसार पछि स्थायी सडकका रूपमा समेत विकास गर्न सकिने जनाइएको छ । नदीको बहावबाट भविष्यमा सडकमा क्षति नपुगोस् भनेर नदीभन्दा केही माथिल्लो भागबाट ट्रयाक निर्माण गरिएको छ ।

बाढीपछि बेत्रावतीमा बेलीब्रिज जडान गर्न फाउण्डेसन तयार भएपनि आवश्यक सामग्री पुग्न सकेको छैन । ट्रयाक खुलेपछि बेलीब्रिज निर्माणका सामग्री यही मार्गबाट बेत्रावती पुर्‍याइने उनले बताइन् । सडकको ट्रयाक खोल्ने र बेलीब्रिज हाल्ने काम भएपछि रसुवाको सदरमुकाम धुन्चे जोड्ने सडक सुचारू हुने उनको भनाइ छ ।

धुन्चेसम्म सडक सम्पर्क जोडिएपछि स्याफ्रुवेंशी हुँदै रसुवागढीसम्मको सडक पुनर्निर्माण गर्ने सरकारको योजना छ । यसका लागि स्याफ्रुवेंशीमा पनि बेलीब्रिज राख्न अध्ययन भइरहेको छ । रसुवा बाढीका कारण गल्छीदेखि रसुवागढीसम्म ६९ किलोमिटर सडकमा आंशिक तथा पूर्ण क्षति पुगेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ३ : ३९ बजे

ट्रम्प–सी वार्तामा व्यापार, प्रविधि र क्षेत्रीय सुरक्षा प्रमुख विषय

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार

नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

खोरेतको खोप गोठगोठमै खोप

झापा– गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा

एक वर्षमै २ हजार ४९० करोड भारूले घट्यो शाहरुखको सम्पत्ति

काठमाडौं– बलिउडका ‘किङ’ शाहरुख खानको अनुमानित सम्पत्तिमा ठूलो गिरावट आएको