पाँचथरमा रातको समयमा सवारी आवागमन रोक « Khabarhub

पाँचथरमा रातको समयमा सवारी आवागमन रोक


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।  
    
जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरण गर्न रातको समयमा जिल्लास्थित सबै सडकमा सवारी आवागमन बन्द गरिएको जानकारी दिए । 

असोज ८ गतेदेखि असोज ११ गतेसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए ।
    
भारी तथा अतिभारी वर्षाको सम्भावनालाई ख्याल गर्दै विभिन्न सडक सुरक्षित नभएसम्म मेची राजमार्ग, तमोर कोरिडोर सडक, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, भेडेटार–रबि–राँकेलगायतका  सडकमा सवारी आवागमन बन्द गरिएको हो । 

भारी वर्षाको सम्भावनाका कारण पाँचथरका स्थानीय तहहरूले आज र भोलि विद्यालयहरूलाई बिदा दिएका छन् । पाँचथरमा बुधबारदेखि निरन्तर वर्षा भइरहेको छ । अहिलेसम्म अप्रिय घटना जानकारीमा आइसकेको छैन ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ३ : ३८ बजे

प्रतिनिधिसभाबाट निःशुल्क कानुनी सहायता विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि

जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन राष्ट्रियसभा अध्यक्षको अपिल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित

दोभान बजारमा आगलागी

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको

ग्यास आपूर्ति सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : मन्त्री साह

 काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले एलपी ग्यासको अभाव, पेट्रोलियम