पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड रातिमा आवागमनमा रोक « Khabarhub

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड रातिमा आवागमनमा रोक


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा समेत रातिमा सवारी आवागमनमा रोक लगाइएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साँझ ८ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म चितवनको पृथ्वीराजमार्ग क्षेत्र र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी रोकिएको बताए। 

निरन्तर वर्षात भइरहेको र पहिरोको जोखिम उच्च रहेकाले सवारीसाधन रोक लगाइएको उनले बताए।

बिहानको अवस्था हेरेर थप सूचना गरिने उनको भनाइ छ ।

उनले भने, ‘बिहान ५ः०० बजे सवारी सञ्चालन गरिने भए पनि रातिमा पहिरो र निरन्तर बर्सात भयो भने अर्को सूचना जारी गर्ने छौँ ।’

यस्तै धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)द्वारा आज जारी सूचनामा यात्रु र सवारी चालकहरूलाई मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्णपालना गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ३ : ४१ बजे

बङ्गलादेशमा मानव अधिकार संरक्षण कमजोर पारिएको ह्युमन राइट्स वाचको दाबी

ढाका– बङ्गलादेशको संसद्ले सेप्टेम्बरमा पारित गरेका तीनवटा नयाँ कानूनले मानव

सौगात मल्लको २५ देखि ८० वर्षसम्मको यात्रा, सुरु भयो ‘द राइज अफ साम्राज्य’को छायांकन

काठमाडौं– अभिनेता सौगात मल्लले पर्दामा एउटै पात्रको २५ वर्षदेखि ८०

अस्ट्रेलियाली सरकारी स्वास्थ्य पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

मेलबर्न- अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको कृत्रिम बौद्धिकता (एआई) प्रणालीले सरकारी

ट्रम्प–सी वार्तामा व्यापार, प्रविधि र क्षेत्रीय सुरक्षा प्रमुख विषय

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार

नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो