पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड रातिमा आवागमनमा रोक « Khabarhub

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड रातिमा आवागमनमा रोक


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन– पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा समेत रातिमा सवारी आवागमनमा रोक लगाइएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले साँझ ८ः०० बजेदेखि भोलिपल्ट बिहान ५ः०० बजेसम्म चितवनको पृथ्वीराजमार्ग क्षेत्र र नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी रोकिएको बताए। 

निरन्तर वर्षात भइरहेको र पहिरोको जोखिम उच्च रहेकाले सवारीसाधन रोक लगाइएको उनले बताए।

बिहानको अवस्था हेरेर थप सूचना गरिने उनको भनाइ छ ।

उनले भने, ‘बिहान ५ः०० बजे सवारी सञ्चालन गरिने भए पनि रातिमा पहिरो र निरन्तर बर्सात भयो भने अर्को सूचना जारी गर्ने छौँ ।’

यस्तै धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)द्वारा आज जारी सूचनामा यात्रु र सवारी चालकहरूलाई मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्णपालना गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ३ : ४१ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री