काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन अपिल गरेका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा अध्यक्ष दाहालले मौसम विज्ञान विभागका अनुसार देशभरिका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखिएकाले उच्च सतर्कता अपनाउन, आधिकारिक र अद्यावधिक सूचनाको जानकारी लिन, अत्यावश्यक बाहेक यात्रा नगर्न, जोखिमयुक्त स्थानमा नबस्न र सुरक्षित रहन अपील गरेका हुन् ।
विगतका अनुभवहरूलाई हेर्दा भारी वर्षाको कारण बाढी, पहिरो र डुवान जस्ता प्राकृतिक विपद् आई जनधनको ठूलो क्षति हुन सक्ने उच्च जोखिम रहकाले सजकता अपनाउन उनले आग्रह गरेका हुन् ।
उनले जोखिम न्यूनीकरण र प्रतिकार्यको लागि सङ्घ, प्रदेश, स्थानीय तह लगायतका सरकारी संयन्त्रलाई सक्रिय एवम् पूर्व तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
साथै उनले नागरिक समाज, गैरसरकारी संस्था, स्थानीय समुदायसँग समन्वय कायम गरी साझेदारीमा कार्य गर्ने वातावरण बनाउन र सम्भावित जोखिम र त्यसबाट पर्ने प्रभावबारे नागरिकलाई सुसूचित गराई सचेतना अभिवृद्धि गर्न समेत सम्बद्ध सबैलाई अपिल गरेका छन् ।












प्रतिक्रिया