​एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न : पूर्वराष्ट्रपति भण्डारी वरिष्ठ नेता, ७ स्थायी कमिटी सदस्य चयन « Khabarhub

​एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न : पूर्वराष्ट्रपति भण्डारी वरिष्ठ नेता, ७ स्थायी कमिटी सदस्य चयन


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ललितपुर– नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ५ असोजदेखि सञ्चालन भएको बैठकले अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

​बैठकले ११ औं महाधिवेशनपछि मनोनित हुन बाँकी केन्द्रीय सदस्यहरूको चयन गर्नुका साथै पार्टीको संगठन, समसामयिक राजनीति र बाढीपहिरो संकटका विषयमा २२ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।

​विद्यादेवी भण्डारी दोस्रो वरियतामा वरिष्ठ नेता मनोनित

​बैठकले पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी ‘वरिष्ठ नेता’मा मनोनित गरेको छ । ​यसैगरी, बैठकले ७ जनालाई स्थायी कमिटी सदस्यमा चयन गरेको छ। चयन हुने स्थायी कमिटी सदस्यहरूमा ईश्वर पोखरेल (काठमाडौं), प्रदिप ज्ञवाली (गुल्मी), काशीनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), शिवमाया तुम्वाहाम्फे (मोरङ), लालबाबु पण्डित (मोरङ) र थममाया थापा (म्याग्दी) रहेका छन् ।

​बैठकबाट मनोनित २० जना नयाँ केन्द्रीय सदस्यहरूमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरूङ, प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्वाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोला रहेका छन् ।

​पोलिटब्युरो र विभाग गठनको अधिकार सचिवालयलाई

​बैठकको समापन गर्दै अध्यक्ष ओलीले तेस्रो केन्द्रीय कमिटी बैठकले पार्टीभित्र उन्नतस्तरको समझदारी र सुदृढ एकता प्रकट गरेको बताए । बाँकी एजेन्डाहरू स्थायी कमिटीको पूर्णता, पोलिटब्युरो गठन, सल्लाहकार परिषद्, विभागहरू र जेष्ठ कम्युनिष्ट मञ्च गठनको काम भने सचिवालय बैठकबाट निर्णय गर्ने गरी अधिकार प्रत्यायोजन गरिएको छ।

​गत भाद्र १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी १४ सयभन्दा बढीको ज्यान गएको, ६ हजारभन्दा बढी बेपत्ता भएको र जलविद्युत आयोजना तथा पूर्वाधारमा ठूलो क्षति पुगेकोमा एमालेले गहिरो दुःख व्यक्त गरेको छ ।

​विपद् व्यवस्थापनमा सरकारको भूमिका अव्यवस्थित, निष्प्रभावी र गैरजिम्मेवार रहेको ठहर गर्दै एमालेले सुरुङमा फँसेका प्राविधिकहरूलाई उद्धार गर्न वैदेशिक सहायता नलिने अडानका कारण संवेदनशील समय गुज्रिएको आरोप लगाएको छ ।

विकसित देशहरूको अनियन्त्रित औद्योगीकरणका कारण उत्पन्न जलवायु संकटको शिकार नेपाल बन्नुपरेको भन्दै एमालेले अन्तर्राष्ट्रिय मञ्चमा ‘जलवायु न्याय’को एजेण्डालाई उच्च प्राथमिकता दिने संकल्प गरेको छ।

​राजनीतिक प्रतिशोध र संविधान संशोधनको विरोध

​सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई गिरफ्तार गरी मुद्दा चलाउन खोजेको घटनालाई ‘राजनीतिक प्रतिशोध’ र मुठभेडको पराकाष्ठा भन्दै एमालेले निन्दा गरेको छ । भदौ २३ र २४ गतेका घटनाहरूको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न र पुराना आयोगका प्रतिवेदनहरू पूर्ण पाठसहित सार्वजनिक गर्न माग गरिएको छ ।

​सरकारले संविधान संशोधनका नाममा एकपक्षीय ‘कार्यदल’ गठन गरेर संविधानका आधारभूत स्तम्भ ढाल्न खोजेको आरोप लगाउँदै एमालेले संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय गरेको छ। साथै, सुकुम्बासी बस्तीमा डोजर चलाउने कार्य, ग्यास तथा खाद्यान्नमा भएको महँगी, र मिडिया तथा नागरिक अधिकारमाथिको अंकुशप्रति एमालेले आपत्ति जनाएको छ।

​सतर्कता अपनाउन आह्वान

​जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिन भारी वर्षाको सम्भावना प्रस्तुत गर्दै ‘रेड अलर्ट’ जारी गरेको सन्दर्भमा एमालेले सम्पूर्ण नागरिकहरूलाई सतर्क रहन, अनावश्यक यात्रा नगर्न र सुरक्षा निकायका सूचनाहरू पालना गर्न आग्रह गरेको छ।

​महासचिव शंकर पोखरेलद्वारा जारी वक्तव्यमा पार्टीको आन्तरिक असमझदारीहरू अन्त्य भई भावनात्मक एकता कायम भएको दाबी गर्दै सम्पूर्ण पंक्तिलाई लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीमा जुट्न आह्वान गरिएको छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ५ : २२ बजे

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन

‘श्रीलंकाका ६४ प्रतिशत बालबालिकाले सिफारिसभन्दा बढी स्क्रिन समय बिताउँछन्’

एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई भोलि बिहान सम्बोधन गर्ने, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्