दोभान बजारमा आगलागी « Khabarhub

दोभान बजारमा आगलागी


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङको दोस्रो ठूलो बजारका रूपमा परिचित दोभानमा आगलागी भएको छ । स्थानीय डण्डु शेर्पाको घरबाट सुरु भएको आगलागीले बजार क्षेत्रका केही घर जलेका छन् । आज दिउँसो अचानक आगलागी भएको हो ।

आगलागीको कारण खुलेको छैन । यद्यपि विद्युत् सर्ट भएको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागी नियन्त्रणका लागि प्रहरीको टोली परिचालन गरिएको छ भने स्थानीयवासीले समेत नियन्त्रणको प्रयासमा सहयोग गरिरहेका छन् ।

अन्य घरमा आगो फैलिन नदिन प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कमल बजगाईंले जानकारी दिए । घटनास्थलमा दमकलसमेत पठाइएको उनले बताए ।

”आगलागीले कति घर जलेका भन्ने विवरण आएको छैन । आगो अहिले पनि लागिरहेको स्थानीयले बताएका छन्”, उनले भने । यसअघि पनि विसं २०७७ मा दोभान बजारमा आगलागी भएको थियो । मेरिङदेन गाउँपालिका-३ मा पर्ने दोभान बजार जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा परिचित छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ६ : ४६ बजे

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली

तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आगामी तीन दिन

‘श्रीलंकाका ६४ प्रतिशत बालबालिकाले सिफारिसभन्दा बढी स्क्रिन समय बिताउँछन्’

एजेन्सी– श्रीलंकामा विद्यालय जाने उमेर नपुगेका करिब ६४ प्रतिशत बालबालिकाले

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई भोलि बिहान सम्बोधन गर्ने, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्