स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको मृत्यु भएको छ । सो घटनामा परी पुतलीबजार–१० बस्ने ७६ वर्षीय उत्तमसिंह गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए ।
भीरकोट–३ बजादीमा विवाहको भोज खाएर बयरघारी फर्किने क्रममा भीरकोट–१ करूङ बयरघारी केगा भित्री सडकखण्डमा साँझ जीप दुर्घटना भएको हो । ग १ ज ७६१० नम्बरको जीपको स्टेरिङ लक भई घुम्तीमा मोडिन नसक्दा सडकबाट २० मिटर तल खसेको हो ।
दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङको भीरकोट नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताए। दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेहरूको नगर अस्पतालमा उपचारमा भइरहेको छ । जीप र त्यसका चालक खेमप्रसाद गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया