१०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि हुँदै, औपचारिक उद्घाटन मंसिर १६ गते « Khabarhub

१०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि हुँदै, औपचारिक उद्घाटन मंसिर १६ गते


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि सुरु हुँदैछन् । राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन यही मङ्सिर १६ गते हुने भए पनि आजदेखि ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् ।

१०औँ राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार पुरुष क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेल रहेका छन् ।

१०औँ खेलकुद अन्तर्गतका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रो सुर्खेतमै हुने निश्चित भएको हो ।

यस्तै, टेनिस र खो खो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा हुने तय भएको छ । लुम्बिनी प्रदेशका दुई जिल्लामा खेल तय हुँदा कर्णाली प्रदेशका हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा भने कुनै पनि खेल राखिएको छैन ।

प्रतियोगिताका लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पूर्ण तयारी पूरा गरिएको छ । प्रदेशहरूबाट खेलाडीहरु वीरेन्द्रनगर पुग्ने क्रम जारी छ ।

मंसिर १६ गते औपचारिक रुपमा उद्घाटन हुने प्रतियोगिता मंसिर २७ गते समापन हुनेछ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ८ : ०८ बजे

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ– ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर

गुरु नानकको जन्मजयन्ती मनाइँदै

काठमाडौँ– विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी आज शिख

१०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि हुँदै, औपचारिक उद्घाटन मंसिर १६ गते

काठमाडौँ– १०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि सुरु हुँदैछन् । राष्ट्रिय

तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

म्याग्दी– तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका म्याग्दीको बेनी

शुक्लागण्डकीबाटै स्थायी लेखा नम्बर र करसम्बन्धी सेवा

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा