अयोध्या–जनकपुरधाम ‘सरयू–कमला एक्सप्रेस’ स्वागतको भव्य तयारी (तस्बिर) « Khabarhub

अयोध्या–जनकपुरधाम ‘सरयू–कमला एक्सप्रेस’ स्वागतको भव्य तयारी (तस्बिर)


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला एक्सप्रेस’को स्वागतका लागि जनकपुरधाममा भव्य तयारी गरिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारतको नयाँदिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट रेल सेवाको उद्घाटन गरेका थिए।

उद्घाटनपछि अयोध्या धामबाट सोमबार दिउँसो १२ः३० बजे प्रस्थान गरेको रेल मंगलबार बिहान १० बजे जनकपुरधाम आइपुग्ने निर्धारित समय छ । रेलको स्वागतका लागि जनकपुरधाममा विभिन्न सांस्कृतिक कार्यक्रम, परम्परागत झाँकी तथा स्वागत समारोहको तयारी गरिएको छ।

करिब ६०४ किलोमिटर दूरी पार गर्ने यो रेलले भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपालको जनकपुरधामलाई जोड्नेछ। यात्राका क्रममा मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिनेछ।

१७ वटा डिब्बा रहेको यो रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा छन्। रेल सेवा सातामा एकपटक सञ्चालन हुने व्यवस्था गरिएको छ।

रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई जोड्ने यो रेल सेवाले धार्मिक पर्यटन, सांस्कृतिक सम्बन्ध तथा नेपाल–भारतबीचको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

तस्बिर : अमरेन्द्र कुमार यादव/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  १० : ०३ बजे

अयोध्या–जनकपुरधाम ‘सरयू–कमला एक्सप्रेस’ स्वागतको भव्य तयारी (तस्बिर)

जनकपुरधाम– भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म जोड्ने नयाँ रेल सेवा ‘सरयू–कमला

विदेशको पढाइ, स्वदेशकै कर्म : आँखा स्वास्थ्य र सामुदायिक विकासमा सक्रिय पासाङ शेर्पा

काठमाडौँ – भोजपुरको दुर्गम गाउँ किमालुङबाट सुरु भएको शैक्षिक यात्रा,

मंगलबारका लागि तरकारी र फलफूलको थोक मूल्य निर्धारण

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

औषधिमा रेक्टिफाइड स्पिरिट गुणस्तर सुनिश्चित गर्न विभागको निर्देशन

काठमाडौँ– औषधि उद्योगमा प्रयोग हुने रेक्टिफाइड स्पिरिट (इथानोल ९५ प्रतिशत)

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि बजेट माग

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे