नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम « Khabarhub

नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– क्यान्सरका बिरामी बढ्दै गएकाले समयमै रोग पहिचान र उपचारका लागि नर्सहरूलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक रहेका विज्ञहरूले जोड दिएका छन् । 

अङ्कोलोजी नर्सिङ अध्ययन एवं तालिम गरेकाहरूले समयमै क्यान्सर पहिचान र उपचारका लागि आवश्यक सुझाव दिन सहज हुने गर्दछ ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष प्रा डा योगेन्द्रप्रसाद सिंह क्यान्सरका बिरामीको गुणस्तरीय उपचार र हेरचाहका लागि अङ्कोलोजी नर्सिङको दायरा फराकिलो बनाउनुपर्ने बताउँछन् । उनले भने, ‘चिकित्सक विभिन्न विधामा विशेषज्ञ बन्दै गएको अवस्थामा नर्सलाई विशेष विषयमा दक्ष बताउनुपर्छ ।’

क्यान्सर उपचारमा नर्सको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ । हाल क्यान्सर अस्पतालको नर्सिङ कलेजमा अङ्कोलोजी नर्सिङसम्बन्धी अध्ययन तथा तालिम हुँदै आएको भए पनि त्यसलाई अस्पतालमा मात्र सीमित नराखी देशव्यापी बनाउनुपर्ने उनको भनाइ छ ।

उनले क्यान्सरको हेरचाह यहाँ मात्रै नभएर काठमाडौँ, पोखरा, विराटनगरलगायत देशका धेरै भागमा आवश्यक रहेको बताए । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले क्यान्सर रोगको उपचार र बिरामीको हेरचाहलाई थप प्रभावकारी बनाउन देशभरका नर्सलाई अङ्कोलोजी नर्सिङ तालिम आवश्यक रहेको बताए । तालिम उपलब्ध गराउन सकिए समयमा रोगको पहिचान र उपचारमा सहज हुने उनको भनाइ छ ।

क्यान्सर अस्पतालको नर्सिङ क्याम्पस प्रमुख लक्ष्मी न्यौपानेले चिकित्सकको विशेषज्ञता विस्तार हुँदै गएसँगै नर्सिङ क्षेत्रमा पनि विषयगत विशेषज्ञता विकास गर्नुपर्ने र त्यसको नेतृत्व बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले गर्नुपर्ने बताउछन् ।

क्यान्सर अस्पतालमा भारतका सीमावर्ती क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । यस अस्पतालले देशकै क्यान्सर उपचारको नेतृत्व गर्दै आएको छ ।  रासस

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  १ : २२ बजे

मानव बेचबिखन विधेयकमा ‘वेश्यावृत्ति’ शब्द फेरिने

काठमाडौँ– मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी विधेयकमा प्रयोग गरिएको ‘वेश्यावृत्ति’ शब्दको

हिमाली सम्पदा संरक्षणमा सामूहिक सहकार्य आवश्यक : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले भावी पुस्ताका लागि

आनि छोइङको नियुक्ति बदर माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ – लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त आनि छोइङ डोल्माको

नर्सलाई यसकारण आवश्यक छ अङकोलोजी नर्सिङ तालिम

चितवन– क्यान्सरका बिरामी बढ्दै गएकाले समयमै रोग पहिचान र उपचारका

अझै सञ्चालनमा आएन निगाले सिमेन्ट, स्थानीय अर्थतन्त्र प्रभावित

धनकुटा– आर्थिक संकट, कच्चा पदार्थको अभाव र उत्पादन लागत बढ्दै