टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– गल्छी गाउँपालिका –०७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान ११ बजे काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा परी घाइते मोटरसाइकल चालक जिल्ला डडेलधुरा अजयमेरु गाउँपालिका बस्ने अन्दाजी २८ वर्षीय बरुण प्रसाद भट्टलाई उपचारका लागि बैरेनी अस्पताल पठाइएकोमा चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए ।

उक्त दुर्घटनाको सम्बन्धमा टिपर र चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका–२ बस्ने अन्दाजी ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  २ : ०८ बजे

उपत्यकामा एकै दिन ७७४ सवारीचालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ७७४ जना सवारीचालक

हिमाली औषधीय वनस्पति र च्याउ संरक्षणमा सहकार्य आवश्यक : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले हिमाली क्षेत्रका जङ्गली

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

धादिङ– गल्छी गाउँपालिका –०७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट

विश्वभर एक वर्षमा ४७ हजार महिला-बालिकाको हत्या

एजेन्सी- विश्वभर सन् २०२५ मा ४७ हजारभन्दा बढी महिला तथा बालिकाको

चलचित्र जाँचमा हाइब्रिड मोडेल अपनाउन सकिने

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रको जाँचका सम्बन्धमा