भैरहवा हवाई रुटमा भारतसँग ऐतिहासिक ब्रेक थ्रु : अर्थमन्त्री वाग्ले « Khabarhub

भैरहवा हवाई रुटमा भारतसँग ऐतिहासिक ब्रेक थ्रु : अर्थमन्त्री वाग्ले


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने विषयमा भारतसँग ऐतिहासिक ’ब्रेक थ्रु’ भएको बताएका छन्  । 

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लेले लुम्बिनीलगायत सन्दर्भमा हालसम्म एकतर्फी रहेको हवाई रुटलाई दुईतर्फी बनाउने सहमति १०–१२ वर्षदेखिको प्रयासपछि आएको ठूलो कूटनीतिक पहल र ऐतिहासिक ’ब्रेक थ्रु’ रहेको बताएका हुन् ।

आगामी दिनमा महेन्द्रनगर, जनकपुरलगायत अन्य नाका तथा अन्य अन्तर्राष्ट्रिय सहरहरूसँग हवाई कनेक्टिभिटी विस्तार गरिने उनले बताए ।

उनले बागडोग्रासँग जोडिएको १२५ किलोमिटर भूमिको विषय कपोलकल्पित, भ्रामक र झूटो हल्ला मात्र भएको स्पष्ट पारे । मन्त्री वाग्लेले सुनकोशी–सप्तकोशी हाई ड्याम प्रोजेक्ट र सुनकोशी स्टोरेज कम डाइभर्सन स्किमबारे अध्ययन तथा भविष्यमा डीपीआर बनाउने म्यान्डेटअनुसार काम भइरहेको जानकारी दिए । 

उनले भिजन डकुमेन्ट दुई देशबीचको सहकार्यलाई औपचारिक, नियमित र संस्थागत गर्न तथा समन्वयात्मक ढंगले अघि बढाउन ल्याइएको स्पष्ट पारे ।

त्यस्तै उनले ५६ अर्ब रुपैयाँको अनुदान र १८४ अर्ब रुपैयाँको सहुलियतपूर्ण ऋण विशेषगरी ऊर्जा तथा ट्रान्समिसन लाइन क्षेत्रमा ’लाइन अफ क्रेडिट’ को सदुपयोग हुने र आवश्यक परे परिचालन गर्न सकिने गरी सुरक्षा सुनिश्चित गरिएको उल्लेख गरे । 

विगतमा डलरमा ऋण लिँदा अवमूल्यनका कारण दायित्व बढ्ने समस्या देखिएकोमा यसपटक भारुमै लिने र भारुमै तिर्ने विकल्प समेत खुलाइएको उनको भनाइ छ । 

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ३ : ११ बजे

एनभिडियामा हुआङको पुनरागमन, विवाद कायमै

सन फ्रान्सिस्को- अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको

भैरहवा हवाई रुटमा भारतसँग ऐतिहासिक ब्रेक थ्रु : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने

नेपाल–युरोप व्यापारिक सम्बन्ध विस्तारमा उद्योगमन्त्री साहको जोड

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहले नेपाल र

राइजिङ स्टार्स क्रिकेट : भारत ‘ए’ विरुद्ध यूएईका हरप्रित सिंहले बनाए शतक

काठमाडाैँ – कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट

एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ सँग भिड्दै नेपाल

काठमाडाैँ – नेपालले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय