नेपाल–युरोप व्यापारिक सम्बन्ध विस्तारमा उद्योगमन्त्री साहको जोड « Khabarhub

नेपाल–युरोप व्यापारिक सम्बन्ध विस्तारमा उद्योगमन्त्री साहको जोड


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहले नेपाल र युरोपबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपालका लागि युरोपेली राजदूतसँग मंगलबार भएको शिष्टाचार भेटवार्तामा मन्त्री साहले नेपाली उत्पादनको निर्यात प्रवर्द्धन र युरोपेली बजारमा पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।

भेटवार्तामा नेपाल र युरोपबीचको द्विपक्षीय व्यापार विस्तार, नेपाली वस्तुको अन्तर्राष्ट्रिय बजारमा पहुँच, निर्यातका नयाँ सम्भावनाको पहिचान तथा वैदेशिक लगानी आकर्षित गर्ने विषयमा छलफल भएको थियो ।

मन्त्री साहले नेपालको उत्पादन क्षमता र निर्यात सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।

त्यसैगरी, व्यापारिक अवसर विस्तार र वैदेशिक लगानी आकर्षित गर्न युरोपसँगको आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको थियो ।

नेपालको उत्पादनलाई विश्व बजारसम्म पुर्‍याउने र निर्यातका अवसर बढाउने लक्ष्यसहित युरोपसँगको व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउने विषयमा भेटवार्ता केन्द्रित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ३ : ०४ बजे

एनभिडियामा हुआङको पुनरागमन, विवाद कायमै

सन फ्रान्सिस्को- अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको

भैरहवा हवाई रुटमा भारतसँग ऐतिहासिक ब्रेक थ्रु : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई भैरहवा रुट उपलब्ध गराउने

नेपाल–युरोप व्यापारिक सम्बन्ध विस्तारमा उद्योगमन्त्री साहको जोड

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री इन्जिनियर दीपककुमार साहले नेपाल र

राइजिङ स्टार्स क्रिकेट : भारत ‘ए’ विरुद्ध यूएईका हरप्रित सिंहले बनाए शतक

काठमाडाैँ – कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट

एसिया कप राइजिङ स्टार्स : पाकिस्तान ‘ए’ सँग भिड्दै नेपाल

काठमाडाैँ – नेपालले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय