हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित  « Khabarhub

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको आधिकारिक निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका, तिनका प्रस्तावक, समर्थक र प्रचारकहरूलाई पार्टीबाट निस्कासन गरेको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनात्मक कारबाही गर्दै सात जनालाई पार्टी सदस्यताबाट हटाइएको जनाएका छन् ।  

निष्कासित हुनेमा सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल छन् । हरिबोल प्रचण्ड प्रधानमन्त्री हुँदा मुख्य सल्लाहकार थिए । उता दाङका कुलप्रसाद केसी पनि निष्कासित भएका छन् । लुम्बिनीका पूर्वमुमख्यमन्त्री उनले मेटमणि चौधरीविरूद्ध दाङ २ मा बागी हालेका छन् ।

उदयपुर २ मा बागी उठेका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह पनि निष्कासित भएका छन्।

पार्टीले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने वा त्यसमा संलग्न हुने गतिविधि पार्टी अनुशासनविपरीत रहेको स्पष्ट गर्दै आगामी दिनमा यस्ता कार्यमा संलग्न नहुन चेतावनीसमेत दिएको छ।


प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १२ : ३० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र