काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम निर्वाचनमा पार्टीको आधिकारिक निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका, तिनका प्रस्तावक, समर्थक र प्रचारकहरूलाई पार्टीबाट निस्कासन गरेको छ।
पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले पार्टी विधानको दफा १०६ बमोजिम अनुशासनात्मक कारबाही गर्दै सात जनालाई पार्टी सदस्यताबाट हटाइएको जनाएका छन् ।
निष्कासित हुनेमा सिन्धुलीका नेता हरिबोल गजुरेल र महेश्वर दाहाल छन् । हरिबोल प्रचण्ड प्रधानमन्त्री हुँदा मुख्य सल्लाहकार थिए । उता दाङका कुलप्रसाद केसी पनि निष्कासित भएका छन् । लुम्बिनीका पूर्वमुमख्यमन्त्री उनले मेटमणि चौधरीविरूद्ध दाङ २ मा बागी हालेका छन् ।
उदयपुर २ मा बागी उठेका मेजर राई तथा सिरहाका धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह पनि निष्कासित भएका छन्।
पार्टीले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने वा त्यसमा संलग्न हुने गतिविधि पार्टी अनुशासनविपरीत रहेको स्पष्ट गर्दै आगामी दिनमा यस्ता कार्यमा संलग्न नहुन चेतावनीसमेत दिएको छ।













प्रतिक्रिया