काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन् ।
शनिबार काठमाडौंमा सर्लाहीका युवाहरुसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौंमा आफू सहजै जित निकाल्ने अवस्थामा रहेपनि यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन् ।
काठमाडौं–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउको निरन्तर सेवा गरिरहने उनको भनाइ छ । सभापति थापाले काठमाडौं बाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरेपनि आँट नपुगेको उल्लेख गरे ।
कांग्रेसलाई मधेशले नै अहिलेको अवस्थामा ल्याएकाले मधेशसँगको मुखको औपचारिक सम्बन्ध जोडेर मात्रै नहुने भन्दै उनले मधेशको नेतृत्व गर्ने प्रयास गरेमात्रै आफू राष्ट्रिय नेता हुने धारणा राखे ।
आफू सो क्षेत्रमा निर्वाचित भए पाँच वर्ष मधेशका लागि आफ्नो काम समर्पित गर्ने उनले बताए । सभापति थापाले सर्लाही–४ मा छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीबाट आफुले जनताको समस्या सुन्ने उल्लेख गरे ।
त्यस्तै सभापति थापाले युवाहरुको भावनालाई आत्मसात गर्न पार्टीमा परिर्वतनको प्रयास गरेको र सफल भएको बताए । अहिलको निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केहि कमिकमजोरी भएपनि कुनै आर्थिक चलखेल नभएको उनले बताए ।













प्रतिक्रिया