कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च « Khabarhub

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको तथ्यांक सार्वजनिक गरिएको छ । 

आज सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय तथ्यांक कार्यालयद्वारा आयोजित ‘नेपालमा शिक्षा र समावेशिता तथा बालबालिकाको अवस्था’ विषयक प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा छात्राको विद्यालय छोड्ने दर उच्च देखाएको तथ्यांक सार्वजनिक गरिएको हो । 

राष्ट्रिय तथ्याङक कार्यालय सामाजिक तथ्यांक महाशाखाका निर्देशक राजन सिलवालले आफ्नो प्रस्तुति राख्दै राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्यांकअनुसार कर्णालीमा १८–१९ वर्ष उमेरका छात्राले विद्यालय छोड्ने गरेका बताए। उनका अनुसार यसरी पढ्ने उमेरमै विद्यालय छाड्ने छात्राहरू करिब १९ प्रतिशत छन् ।

उनका अनुसार यो दर राष्ट्रिय औसतभन्दा उच्च हो । 

‘छात्रको तुलनामा छात्राहरू विद्यालयबाहिर रहनुको पहिलो कारण बालविवाह (छिटो विवाह) हो’, उनले भने, ‘त्यसपछि आर्थिक अभाव, उच्च शिक्षाको पहुँच नहुनु, पारिवारिक दायित्व र भौगोलिक बनोट पनि सम्भाव्य कारणहरू हुन् ।’

महाशाखाका निर्देशक सिलवालका अनुसार ५–९ र १०–१४ वर्ष उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थित हुने दर ९१ प्रतिशत छ । समग्रमा उमेर र तह बढ्दै जाँदा विद्यालय-क्याम्पस छोड्ने दर पनि बढ्दै गएको उनले बताए। यसले कर्णालीको शैक्षिक पहुँच र पूर्वाधारको अवस्था कमजोर छ भन्ने स्पष्ट पार्ने उनको भनाइ छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका उपनिर्देशक एवं तथ्यांक अधिकारी डा शरदकुमार शर्माले राष्ट्रियस्तरमा पाँच दशमलव ११ प्रतिशत बालबालिका कहिल्यै पनि विद्यालय नजाने तथ्यांक रहेको जानकारी दिए । उनका अनुसार अनुपातका हिसाबले राष्ट्रिय औसतभन्दा तीन गुणा बढी मधेसमा १३ दशमलव ६१ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् ।

त्यस्तै, लुम्बिनीमा तीन दशमलव ५०, कोशीमा दुई दशमलव ८६, कर्णालीमा दुई दशमलव ५६, सुदूरपश्चिममा दुई दशमलव ५१ र बागमतीमा एक दशमलव ६४ प्रतिशत बालबालिका विद्यालय रहेका उनले जानकारी दिए । 

गण्डकी प्रदेशमा सबैभन्दा कम एक दशमलव शून्य दुई प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका उपनिर्देशक डा शर्माले बताए।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ७ : १७ बजे

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र

बगेर बेपत्ता भएका दुई किशोरको शव फेला

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा गत साउन ३०

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील