कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च « Khabarhub

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको तथ्यांक सार्वजनिक गरिएको छ । 

आज सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रिय तथ्यांक कार्यालयद्वारा आयोजित ‘नेपालमा शिक्षा र समावेशिता तथा बालबालिकाको अवस्था’ विषयक प्रदेशस्तरीय सार्वजनिकीकरण कार्यक्रममा छात्राको विद्यालय छोड्ने दर उच्च देखाएको तथ्यांक सार्वजनिक गरिएको हो । 

राष्ट्रिय तथ्याङक कार्यालय सामाजिक तथ्यांक महाशाखाका निर्देशक राजन सिलवालले आफ्नो प्रस्तुति राख्दै राष्ट्रिय जनगणना २०७८ को नतिजामा आधारित तथ्यांकअनुसार कर्णालीमा १८–१९ वर्ष उमेरका छात्राले विद्यालय छोड्ने गरेका बताए। उनका अनुसार यसरी पढ्ने उमेरमै विद्यालय छाड्ने छात्राहरू करिब १९ प्रतिशत छन् ।

उनका अनुसार यो दर राष्ट्रिय औसतभन्दा उच्च हो । 

‘छात्रको तुलनामा छात्राहरू विद्यालयबाहिर रहनुको पहिलो कारण बालविवाह (छिटो विवाह) हो’, उनले भने, ‘त्यसपछि आर्थिक अभाव, उच्च शिक्षाको पहुँच नहुनु, पारिवारिक दायित्व र भौगोलिक बनोट पनि सम्भाव्य कारणहरू हुन् ।’

महाशाखाका निर्देशक सिलवालका अनुसार ५–९ र १०–१४ वर्ष उमेर समूहका बालबालिकाको विद्यालयमा उपस्थित हुने दर ९१ प्रतिशत छ । समग्रमा उमेर र तह बढ्दै जाँदा विद्यालय-क्याम्पस छोड्ने दर पनि बढ्दै गएको उनले बताए। यसले कर्णालीको शैक्षिक पहुँच र पूर्वाधारको अवस्था कमजोर छ भन्ने स्पष्ट पार्ने उनको भनाइ छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका उपनिर्देशक एवं तथ्यांक अधिकारी डा शरदकुमार शर्माले राष्ट्रियस्तरमा पाँच दशमलव ११ प्रतिशत बालबालिका कहिल्यै पनि विद्यालय नजाने तथ्यांक रहेको जानकारी दिए । उनका अनुसार अनुपातका हिसाबले राष्ट्रिय औसतभन्दा तीन गुणा बढी मधेसमा १३ दशमलव ६१ प्रतिशत बालबालिका विद्यालयबाहिर छन् ।

त्यस्तै, लुम्बिनीमा तीन दशमलव ५०, कोशीमा दुई दशमलव ८६, कर्णालीमा दुई दशमलव ५६, सुदूरपश्चिममा दुई दशमलव ५१ र बागमतीमा एक दशमलव ६४ प्रतिशत बालबालिका विद्यालय रहेका उनले जानकारी दिए । 

गण्डकी प्रदेशमा सबैभन्दा कम एक दशमलव शून्य दुई प्रतिशत बालबालिका विद्यालयबाहिर रहेका उपनिर्देशक डा शर्माले बताए।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ७ : १७ बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको