फागुपर्व सुरु, बसन्तपुरमा चीर ठड्याइयो (तस्बिरहरू) « Khabarhub

फागुपर्व सुरु, बसन्तपुरमा चीर ठड्याइयो (तस्बिरहरू)


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । मङ्गलबार बिहान रङ्गीविरङ्गी कपडाहरूको ध्वजापताकासहितको तीन खण्डे चीर ठड्याइएको हो ।

हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रङ्गीविरङ्गी होली चीर ठड्याइएको हो।

चीर ठड्याइसकेपछि गुर्जुको पल्टनबाट हर्ष बढाइ गरिएको थियो । चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको मानिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णय समितिले चीर ठड्याउनका लागि आज उत्तम साइत रहेको निर्णयसँगै चीर  हो। होली पर्वको शुभारम्भ भएको जनाउ दिन वसन्तपुरमा चीर ठड्याउने गरिएको छ ।

पौराणिक कालदेखि सुरु भएको होलीको विशेष महत्व रहिआएको छ । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसियालीमा रङसहित मनाउने पर्वको रुपमा लिने गरिन्छ ।

धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए।

तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भस्म भएकी थिइन् । आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ । यही विश्वासअनुरुप होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ९ : ५३ बजे

दुई जनाको उद्धार भएसँगै अझै आशाको किरण जीवितै छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङबाट

डेढ दशकपछि बन्दै काभ्रे प्रशासनको भवन

बनेपा– जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका–७ स्थित सरस्वती बजार नजिक निर्माण

श्रीनगर विमानस्थलमा इन्डिगोको जहाज पार्किङका क्रममा खम्बामा ठोक्कियो

नयाँदिल्ली- श्रीनगर विमानस्थलमा इन्डिगो एयरलाइन्सको विमान पार्किङ गर्ने क्रममा खम्बामा

भारतलाई तेल आपूर्ति जारी राख्छौँ : रुसी राजदूत

नयाँदिल्ली– भारतको ऊर्जा आवश्यकता पूरा गर्न रुस प्रतिबद्ध रहेको भारतका

त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको भीषण