टोखा–छहरे सुरुङमार्ग निर्माण नेता पोखरेलको प्राथमिकतामा « Khabarhub

टोखा–छहरे सुरुङमार्ग निर्माण नेता पोखरेलको प्राथमिकतामा


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ क्षेत्र नं ५-बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी बनेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले टोखा–छहरे सुरुङ मार्ग निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छन् । 

सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा उनले लिच्छविकालीन राजधानी हाँडीगाउँको पुरातात्विक तथा सांस्कृतिक पक्षको अध्ययन गरी पुनरुत्थान र सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेका छन् ।

बूढानीलकण्ठ मन्दिरलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, बूढानीलकण्ठ–वागद्वार–चिसापानी–गोसाइँकुण्ड पदमार्ग निर्माण तथा तामाङ बस्तीमा सामुदायिक ‘होमस्टे’ विस्तार गर्ने उनले योजना प्रस्तुत गरेका छन् । 

टोखाको सपनतीर्थ र चण्डेश्वरी मन्दिरलगायत धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उपयोगमार्फत पर्यटकीय गन्तव्य विकास गर्ने तथा टोखाको चाकुलाई अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्ने योजना पनि उल्लेख गरिएको छ । 

प्रतिबद्धतापत्रअनुसार हाँडीगाउँ, टुँडालदेवी, धरमपुर, बूढानीलकण्ठ, धापासी र टोखाका सांस्कृतिक जात्रा, स्थानीय कला, संस्कृति तथा तामाङ र नेपाल भाषाको प्रवर्द्धन र संरक्षणमा उनले जोड दिए ।

काठमाडौँ महानगरपालिका, बूढानीलकण्ठ र टोखा नगरपालिकामा खानेपानी, ढल निकास, फोहरमैला व्यवस्थापन, सार्वजनिक यातायात तथा उद्यान निर्माणलाई पनि नेता पोखरेलले प्राथमिकतामा राखेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : ३१ बजे

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले

योगेश भट्टराईको टिप्पणी- रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो

काठमाडौं– नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)