रास्वपा नेतृ रञ्जु दर्शनालाई पुत्रलाभ « Khabarhub

रास्वपा नेतृ रञ्जु दर्शनालाई पुत्रलाभ


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर- १ की उम्मेदवार रञ्जु दर्शना आमा बनेकी छन्। उनले आज छोरालाई जन्म दिएकी हुन्।

प्रसूतिका लागि उनी काठमाडौंस्थित निजामती अस्पताल भर्ना भएकी थिइन्। मंगलबार बिहान करिब ११ बजे उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै आफू अस्पताल भर्ना भएको जानकारी दिएकी थिइन्।

तत्कालीन विवेकशील साझा पार्टीबाट उम्मेदवारी मनोनयन अघिमात्रै प्रवेश गरेकी उनलाई रास्वपाले समानुपातिक उम्मेदवार बनाएको थियो । तर, त्यसको विरोध भएपछि उनले समानुपातिक सूचीबाट चुनाव नलड्ने घोषणा गर्दै प्रत्यक्ष उम्मेदवार बनिन् ।

उनी अस्पतालमा भए पनि चुनाव प्रचारप्रसार मतदातासँग भोट माग्ने काम रोकिएको छैन। काठमाडौं १ का रास्वपा कार्यकर्ता पुरुषोत्तम भट्टराईले चुनावी अभियान जारी रहेको बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : ४३ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली