महेश बस्नेतका कारण विशाल भण्डारी दोस्रो पटक तनावमा « Khabarhub

महेश बस्नेतका कारण विशाल भण्डारी दोस्रो पटक तनावमा


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुराना दलहरूलाई निषेध गर्ने समूहबाट ‘केमडी नाइट विथ च्याम्पियन’लाई प्रहार भएको आशयको अभिव्यक्ति कार्यक्रमका सञ्चालक, निर्देशक र प्रस्तोता विशाल भण्डारीले दिएका छन् ।

आगामी बुधबारबाट प्रशारणमा आउने लागेको ४७ औं एपिसोडको ट्रेलर सार्वजनिक भएपछि साइबर आक्रमण भएको उनले बताएका छन् ।

ट्रेलरमा यस एपिसोडको अतिथि बनेर नेकपा (एमाले)का सचिव महेश बस्नेत आएको सकिन्छ । जसमा कार्यक्रमका कलाकारहरुले प्रधानमन्त्री सुशीला कार्की र जेन–जी अभियन्ता सुदन गुरुङको क्यारिकेचर गरेका छन् ।

यही विषयमा लिएर निर्देशक भण्डारीले तनाव झेल्नु परेको हो ।

पुराना दललाई निषेध गर्नुपर्ने विचार राख्ने समूहले बस्नेतलाई अतिथि बोलाउने यस कार्यक्रममा बहिस्कार गर्ने प्रतिक्रिया दिएका छन् । केहीले यो कार्यक्रम एमालेबाट परिचालित भएको प्रतिक्रिया दिएका छन् ।

ठूलो संख्यामा यो कार्यक्रम बहिस्कार गर्नुपर्ने धारणा सार्वजनिक भएका छन् ।

त्यसै पनि भण्डारीलाई एमाले निकट रहेको आरोप लाग्दै आएको थियो । केही महिनाअघि एमाले अध्यक्ष केपी ओलीको गुन्डु निवास पुगेपछि उनी सोही पार्टीको कार्यकर्ता रहेको अनुमान धेरैले गरेका थिए । त्यसयता उनले ‘एमालेको झोले’ भन्ने टिप्पणी सुन्दै आएका छन् ।

यो पटक पनि महेश बस्नेत कारण कार्यक्रम नै बहिस्कार गर्ने धारणाले भण्डारी तनाब परेका छन् । उनले सामाजिक सञ्जालबाटै स्पष्टीकरण दिएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई नै बढी अतिथि बनाएर ल्याएको विगत स्मरण गराएका छन् । उनले लेखेका छन्, ‘रास्वपाका नेता तीन पटक, राप्रपा, कांग्रेसका र कमल चिह्नका पार्टीका नेतालाई एक–एक पटक अतिथि बोलाएका थियौं ।’

यो स्पष्टीकरणले रास्वपा निकट व्यक्तिहरूबाटै कार्यक्रम बहिस्कारको चर्चा आएको उनको बुझाइ रहेको संकेत गर्छ । उनले किटान गररै जेन–जी समूहबाट साइबर आक्रमण भएको बताएका छन् ।

उनले प्रश्न गरेका छन्, ‘हामीले यस्तै समाज बनाउन खोजेको हो ? जहाँ कुनै दल विशेष व्यक्ति मात्र कार्यक्रममा अतिथि बोलाउनु पर्ने ?’

उनले एक दललाई बोलाउँदा अर्कोबाट आलोचनाको शिकार हुनुपरेको विगत पनि उजागर गरेका छन् ।

भण्डारीले नयाँ दलको आलोचन गर्नै नमिल्ने हो भन्ने प्रश्न पनि दर्शक समक्ष तेर्साएका छन् । भनेका छन्, ‘पुरानालाई मात्रै उडाउनु पर्ने हो र नयाँलाई देवत्वकरण नै गर्नुपर्ने हो ?’

‘केमडी नाइट विथ च्याम्पियन’ टिम परिवर्तको पक्षधर रहेको समेत उनले स्पष्ट पारेका छन् ।

यही विषयलाई लिएर धाक–धम्कीको क्रम नरोकिए कानुनी उपचार खोज्न चेतावनी भण्डारीले दिएका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ४ : ११ बजे

पोखरा लिँचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वाेच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न आदेश

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि

नेपाललाई ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्ट

रास्वपाले तोक्यो भेला र अधिवेशनका लागि नेताहरू, कुन नेतालाई कुन जिल्ला ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तल्लो तहका भेला

सरकारले भन्यो – एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन