आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत शुक्ल पक्षको षष्ठी तिथि तदनुसार सन् २०२६ मार्च २४ तारिख। विश्व क्षयरोग दिवस आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । धनलक्ष्मीको योग परेको छ । थोरै बोल्नु राम्रो हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ ।

वृष :  दिन राम्रो छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । समाजसेवा गर्न मन लाग्नेछ । विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्। खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।

 मिथुन : दिन राम्रो छ । परिवारको साथ र सहयोग मिल्नेछ । सोचेका काम बन्नेछन् । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । संकटमा साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ । व्यापारमा फाइदा हुनेछ ।  । प्रेम सम्बन्ध सुमधुर बन्ने छ ।

कर्कट : दिन सहज छ । लगानीका क्षेत्र अब्बल छन् । आफूले गरेको कामप्रति सन्तुष्टि मिल्नेछ । परिवारको तर्फबाट प्राप्त हुने रचनात्मक साथ र सहयोगले मन शान्त बन्नेछ । साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ ।

सिंह : दिन सामान्य छ । अरुले गरेका गल्तीको जिम्मेवारी तपाईंले लिनुपर्ने जोखिम छ । विवादमा फस्ने खतरा भएकाले थोरै बोल्नु राम्रो हुन्छ । विदेशको लगानीतर्फ तपाईंको मन आकर्षित हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।

कन्या :  दिन राम्रो छ । कृषि र फलफूलको क्षेत्रबाट फाइदा हुनेछ । फलफूलको व्यापारमा नाफा हुनेछ । बोल्नु अगाडि सोच्नुपर्ने दिन छ । औषधी नियमति नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ । परिवारको साथले काम सहज बन्नेछ ।

तुला : दिन सामान्य छ । योजना सफल पार्न थप मिहिनेत गर्नुपर्ने देखिन्छ । अनुत्पादक क्षेत्रमा लगानी गर्ने बानीले मन अशान्त बन्नेछ । विपक्षी शान्त भएकाले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ ।

वृश्चिक : दिन राम्रो छ । दाजुभाइको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ । राजनीतिमा अवसर प्राप्त हुनेछ । सोचेका काम बन्नेछन् । बिहान उठेर गणेशको भजन गर्न सकेमा दिन सहज बन्नेछ ।

धनु : दिन सामान्य छ । सम्पत्ति खोज्दै हिँड्दा इज्जतमा दाग लाग्नेछ । आफ्नै साथीले कुरा काट्ने भएकाले सचेत हुनु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । हरेक काममा मिहिनेत गर्नुपर्ने दिन छ ।

मकर : दिन राम्रो छ । डुब्न लागेको धन हात लाग्नेछ । परिवारमा तपाईंको प्रशंसा हुनेछ । धार्मिक क्षेत्रको यात्राले मन शान्त बन्नेछ । परिवार भित्र थोरै बोलेमा ठुलो सफलता मिल्नेछ।

कुम्भ : दिन सामान्य छ । सञ्चित धन खर्च हुनसक्छ । अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ । प्राविधिक शिक्षाको लगानीबाट भने फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ।

मीन : दिन राम्रो छ । काम गर्दा सचेत बन्नु पर्ने छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । आफ्नो काम देखेर मनमा उत्साह बढ्नेछ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । व्यापारमा फाइदा हुनेछ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ५ : २६ बजे

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि

जलवायु परिवर्तनले विश्वको पानी चक्र अनियमित बन्दै : डब्लुएमओ

जेनेभा– विश्वमा पानीको चक्र झन् अनियमित बन्दै गएको संयुक्त राष्ट्रसङ्घले

अब्बासलाई महासभामा सहभागी हुन अमेरिकाले दिएन भिसा

एजेन्सी– संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को

भोटेकोशी बाढी : १ हजार ४ सय ९ जनाको शव भेटियो

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ११ बजेसम्म

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष