चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा तालिमप्राप्त कुकुर परिचालन


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ । नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत प्रयोग गर्न थालिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार कार्यालयले नियमित रूपमा लामो, मध्यम र छोटो दूरीको गस्ती, सुराकी परिचालन, संयुक्त अनुसन्धान सेल सञ्चालन हुँदै आएका छन् ।

अहिले निकुञ्ज प्रशासनले चार तालिमप्राप्त कुकुरसमेत निकुञ्जको सुरक्षामा प्रयोग गर्दै आएको छ । यस्तै, रियल टाइम मनिटरिङ, सिसीटिभी क्यामेराबाट मनिटरिङ्, ड्रोन, भेइकल ट्याकिङ रेकड सिस्टमलगायतका प्रविधिबाट निकुञ्जको सुरक्षा गरिएको छ । उनका अनुसार यस बाहेक पैदल, साइकल, हात्ती, डुङ्गा र सवारीसाधनबाट गस्ती गरिँदै आइएको छ ।

प्रविधिको प्रयोगले चोरीसिकारी नियन्त्रणमा महत्त्वपूर्ण सफलता प्राप्त गर्दै आएको उनले बताए । उनले भने, ‘प्रविधिको प्रयोगसँगै वन्यजन्तुको अपराधमा संलग्नलाई पक्राउ गर्न र चोरीसिकारी न्यूनीकरण गर्न सफल भएका छौँ ।’ यसबाट विभिन्न वन्यजन्तुको अखेटोपहारहरू लिएर हिँडेका व्यक्तिसमेत नियन्त्रण गर्न सकिएको उनले जानकारी दिए । वन्यजन्तु संरक्षणमा प्रविधिको प्रयोगसँगै साझेदार संस्थाहरूको ठूलो सहयोग रहेको उनको भनाइ छ ।

स्थानीयस्तरमा परिचालन हुने युवा परिचालन समिति, नेपाली सेना, निकुञ्जका कर्मचारीको अथक प्रयासले मात्र चोरीसिकारी न्यूनीकरण सम्भव भएको उनले बताए । (रासस)

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १० : ०५ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि