चलचित्र निर्माणमा एआईको प्रयोगबारे दुई दिने कार्यशाला सुरु « Khabarhub

चलचित्र निर्माणमा एआईको प्रयोगबारे दुई दिने कार्यशाला सुरु


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र विकास बोर्ड र नेपाल एआई फिल्म एलान्स (नाइफा)को सहकार्यमा ‘सिनेम्याटिक एआई : फ्रम स्क्रिप्ट टू स्क्रिन विथ आर्टिफिसियल इन्टेलिजेन्स’ शीर्षकमा दुई दिने कार्यशाला सुरु भएको छ ।

नेपाली चलचित्र क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले राखिएको यो कार्यशाला सोमबारबाट सुरु भएको हो ।

चाबहिलस्थित बोर्डको हलमा जारी यस कार्याशालामा दुई सयभन्दा बढी चलचित्रकर्मीको सहभागिता रहेको प्रशिक्षक शिव पुरीले जानकारी दिए ।

कार्यक्रमको सुरुवातमा बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली फिल्म क्षेत्रलाई प्रविधिमैत्री बनाउन यस किसिमका कार्याशाला थप आवश्यक रहेको औल्याए ।

उनले भने, ‘फिल्मकर्मीहरूले कम्तीमा पनि एआई प्रयोगबारे आधारभुत ज्ञान जान्न आवश्यक छ ।’

नाइफाका अध्यक्ष करुण थापाले फिल्म निर्माणको काम छिटो–छरितो र लगानीको हिसाबले किफयाती बनाउन एआईले सहयोग गर्ने जनाए ।

उनले भने, ‘पहिले फिल्म बनाउन ठूलो बजेट, उपकरण र जनशक्ति आवश्यक पर्थ्यो । अहिले आइडिया र इन्टरनेटको सहायताले कोठामै बसेर पनि चलचित्र निर्माण सम्भव छ ।’

कार्यशालामा सहभागीहरूलाई आइडियाबाट स्क्रिप्ट, स्क्रिप्टबाट इमेज, इमेजबाट भिडियो र अन्ततः पूर्ण चलचित्र तयार पार्ने प्रक्रियाबारे अभ्यास गराइने बताइएको छ ।

साथै, साउन्ड डिजाइन, सम्पादन, कलर करेक्सन तथा भिएफएक्समा एआईको प्रयोगबारे पनि जानकारी दिइनेछ ।

कार्यक्रममा नाइफाका तर्फबाट करुण थापा, शिव पुरी, मौसम पुरी र अजय शर्माले प्रशिक्षण दिइरहेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १२ : २० बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले