विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर « Khabarhub

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ नाराका साथ विविध चेतनामूलक कार्यक्रमका साथ देशका विभिन्न भागमा क्षयरोग दिवस मनाइएको छ ।

सन् २०३५ सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्ममा देशलाई क्षयरोग मुक्त बनाउने लक्ष्य हासिल गर्न सबैले आ–आफ्नो क्षेत्रबाट आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धताका साथ यो दिवस मनाइएको राष्ट्रिय क्षयरोग केन्द्र्रका निर्देशक डा. भुवन पौडेलले जानकारी दिए  ।

मुलुकमा अझै पनि ४२ प्रतिशत क्षयरोगी उपचार बाहिर रहेका बताउँदै उनले अधिकांश बिरामीमा रोग लुकाउने, परीक्षण नगर्ने बरू उनीहरूबाट रोग सर्ने प्रवृत्ति देखिएको, प्रविधिको प्रयोग गर्न नसक्दा परीक्षणमा पनि समस्या भएको बताए । 

आर्थिक वर्ष २०८१/८२ मा औषधि–संवेदनशील क्षयरोगका ३९ हजार १५१ जना नयाँ बिरामी पहिचान भएका जानकारी दिँदै उनले त्यसमध्ये ३९ प्रतिशत महिला, ६१ प्रतिशत पुरुष र ५.६ प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेका बताए । 

क्षयरोग नियन्त्रणका लागि सरकारले ६ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोग उपचार सेवा सञ्चालन गरेको जानकारी दिँदै उनले ७८५ संस्थामा निर्दिष्ट माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क रूपमा सञ्चालन भइरहेको बताए । 

औषधि–प्रतिरोधी क्षयरोग उपचारका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालन रहेको तथा १४९ स्थानीय तहमा ‘क्षयरोगमुक्त नेपाल अभियान’ विस्तार गरिएको, नौ वटा एआई जडित डिजिटल एक्स–रे सञ्चालन गरि क्षययोगका परीक्षण गरिरहेको जानकारी दिए  । 

विश्वमा प्रत्येक वर्ष एक करोड सात लाखमा सक्रिय क्षयरोग रहेको जानकारी दिँदै उनले जसमा १२ लाख ३० हजारको क्षयरोगकै कारण मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १२ : १६ बजे

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौं– प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न निकायबाट पछिल्लो

मुख्यमन्त्री शाहीद्वारा ‘एकल बिन्दु सेवा प्रवाह प्रणाली’ शुभारम्भ

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले ‘एकल बिन्दु सेवा

रास्वपामा पद बाँडफाँट : तोसिमालाई जनस्वास्थ्य, शिशिरलाई अन्तर्राष्ट्रिय र लिमालाई अर्थ विभागको जिम्मा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा उपसभापतिमा हारेकी तोसिमा कार्कीलाई

मन्त्रीहरू सुनिल, प्रतिमा र सुधन रास्वपा केन्द्रीय सदस्यमा मनोनित, अरु को को ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले तीन जना मन्त्रीहरुलाई केन्द्रीय सदस्यमा मनोनित

प्रमोदलाई संगठन विभागमा तानेर जगदीशलाई रविले बनाए प्रवक्ता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्व सञ्चारमन्त्री जगदीश