स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु  « Khabarhub

स्वास्थ्य केन्द्र जाँदै गरेकी एक महिलाले बाटोमै जन्माइन शिशु 


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र पुग्न नपाउँदै बाटोमै शिशुलाई जन्म दिएकी छन् ।

मोहन्याल गाउँपालिका–३ बुढीआमकी २२ वर्षीया दुर्गा बिकलाई सोमबार सुत्केरी व्यथा सुरु भएपछि परिवारले उनलाई स्वास्थ्य संस्थातर्फ लैजाँदै थिए। उनी फल्लेबिसौँना आधारभूत स्वास्थ्य केन्द्रतर्फ जाँदै गर्दा बाटोमा पर्ने जंगलमै शिशुलाई जन्म दिन बाध्य भइन्।

घटनाबारे जानकारी पाएपछि स्वास्थ्य केन्द्रकी अनमी रूपा खत्रीसहितको टोली एम्बुलेन्स लिएर तत्काल घटनास्थल पुगेको थियो। टोलीले आमा र नवजात शिशुको उद्धार गरी आवश्यक प्राथमिक उपचार प्रदान गरेको जनाएको छ।

स्वास्थ्य केन्द्रमा सामान्य हेरचाहपछि आमा र शिशु दुवैको अवस्था सामान्य रहेको पुष्टि भएपछि उनीहरूलाई डिस्चार्ज गरिएको छ । 
दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको अभावका कारण अझै पनि महिलाहरूले यस्तो जोखिमपूर्ण अवस्था भोगिरहेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  १२ : २६ बजे

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको