हर्क भन्छन् : रास्वपालाई चाहिए दुईतिहाइ पुर्‍याइदिन्छौँ, सरकारमा जाने म्यान्डेट छैन « Khabarhub

हर्क भन्छन् : रास्वपालाई चाहिए दुईतिहाइ पुर्‍याइदिन्छौँ, सरकारमा जाने म्यान्डेट छैन


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशका लागि राम्रो काम हुने अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईतिहाइ पुर्‍याउन सघाउने बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको शपथका लागि मंगलबार धरानबाट काठमाडौं आइपुगेका उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

‘रास्वपालाई के को लागि चाहिने हो दुईतिहाइ, राम्रो काममा हो भने हामी पुर्‍याइदिन्छौँ’, उनले भने, ‘अहिले हामीलाई सरकारमा जाने म्यान्डेट छैन । हामीलाई सरकार चलाउने म्यान्डेट जनताले नदिएकाले प्रतिपक्षमै बस्ने हो । तर यदि रास्वपा राम्रो काम गर्छ भने हामी दुईतिहाइ पुर्‍याउन सघाउँछौँ।’

रास्वपाको अहिले १८२ जना सांसद छन् । दुईतिहाइका लागि उसलाई दुईजना सांसद चाहिन्छ । म्याग्दीमा महावीर पुनले स्वतन्त्रबाट जितेका छन् । उनलाई रास्वपालले सघाएको छ। महावीरले साथ दिए अझै एकजना सांसद चाहिन्छ । तर प्रत्यक्षमा ३ र समानुपातिकमा ४ सिट जितेको श्रमसंस्कृतिले साथ दिए सजिलै दुईतिहाइ पुग्छ ।

हर्कले अहिले पनि बालेन्द्र साह होइन, रवि लामिछाने नै प्रधामन्त्रि हुनुपर्ने बताए । ‘रवि बोल्ने मान्छे हुन्। उनी प्रधानमन्त्री हुनुपर्छ । प्रतिपक्षीले प्रश्न गर्दा उत्तर दिने प्रधानमन्त्री चाहिन्छ’, उनले भने, ‘हामीलाई जनताका प्रश्नको उत्तर दिने नेता चाहिएको छ।’

उनले आफूलाई प्रधानमन्त्री हुने जनमत नमिलेको बताए । ‘मैले मात्रै होइन, प्रधानमन्त्री बन्छु भनेर सबै नेताले भनेको हो । जनताले नचुनेकाले प्रधानमन्त्री हुन सकिएन’, उनले भने, ‘अब प्रतिपक्षमा बसेर खबरदारी गर्ने हो । हामीलाई जनताले प्रश्न गर्ने म्यान्डेट दिएका छन् ।’

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ३ : ३४ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका