वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान « Khabarhub

वीरगञ्ज आइपुग्यो ‘जाउँ है पोखरा’ अभियान


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीले पोखराको पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ है पोखरा’ अभियान वीरगञ्जदेखि सुरु गरेका छन् । होटल सङ्घ पोखराले आज यहाँ वीरगञ्जमा पोखराको पर्यटन प्रवर्द्धन गर्दै भारतीय तथा स्वदेशी पाहुनालाई पोखरा भ्रमणका लागि अनुरोध गरेका छन् ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले सीमावर्ती सहर वीरगञ्जका पर्यटकलाई पोखरा तथा आसपासको सहर भ्रमण गर्न अनुरोध गरे। अध्यक्ष सुवेदीले पोखरामा छ खर्बको लगानीमा एक हजार २०० भन्दा धेरै होटल रहेको जानकारी दिए ।

‘पोखरामा  एकै दिन ४० हजारभन्दा धेरै पर्यटकलाई आतिथ्य सत्कार दिन सक्ने क्षमता रहेको छ,’ उनले भने, ‘पोखरामा मनोरम दृश्य तथा प्राकृतिक सुन्दरता हेर्नका लागि पर्यटकहरुलाई निम्तो गर्दछु ।’ 

टान गण्डकी प्रदेशका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखरालगायतका क्षेत्रमा मनोरम हिमालयनका दृश्यावलोकन र ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य भएकाले पनि आउनका लागि अनुरोध गरे। 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले पोखरामा आतिथ्य सत्कार राम्रो भएकाले पनि सीमावर्ती सहरका पर्यटकको उत्कृष्ट गन्तव्य रहेको बताए। विगतमा मुग्लिन–पोखरा सडकखण्डको  दुरावस्था भए पनि अहिले स्थलमार्ग निकै राम्रो भएकाले पनि पर्यटकको आउजाउमा सहज हुने वातावरण भएको छ । 

सङ्घका निवर्तमान अध्यक्ष अनिलकुमार अग्रवालले सिमरा र पोखराबीच विगतमा भएको हवाई सेवालाई फेरि निरन्तरता दिनुपर्ने बताए।

जाउँ है पोखरा अभियानअन्तर्गत वीरगञ्ज–विराटनगर–इलाम हुँदै हेटौँडासम्म पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ३ : ४२ बजे

महिला अधिकारको प्रत्याभूतिबिना समान विकास सम्भव छैन : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मुलुकको समृद्धि र दिगो विकास हासिल गर्नु आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सिर्जनशीलता र नेतृत्वलाई राष्ट्र

आज २०८३ साल जेठ १६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८३ साल जेठ १६ गते शनिबार अधिक

मधेस प्रदेशलाई ‘उत्पादन, उद्योग र पूर्वाधारको केन्द्र’ बनाइने

धनुषा – सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मधेस प्रदेशलाई