देउवा पक्षलाई गगनको सन्देश : मैले हाँकेको गाडी अघि बढिसक्यो, यदि कोही छुट्छ भने त्यो मेरो कुरा होइन
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् । उनले पूर्व सभापति शेरबहादुर देउवा पक्षलाई पार्टीमा समेटिएर अघि बढ्न आग्रह गरेका छन्।
सानेपास्थित केन्द्रीय कार्यालयमा मंगलबार बसेको बैठकमा बोल्दै थापाले आफू सभापतिका रूपमा पार्टीको ‘गाडी हाँकिरहेको’ उल्लेख गर्दै अब पार्टी अघि बढिसकेको र रोकिने अवस्था नरहेको स्पष्ट पारे।

‘यो गाडी अघि बढिसक्यो, अब रोकिन्न। सबैलाई समेटेर लैजान्छौँ, तर कोही आफैं छुट्न खोज्छ भने त्यो मेरो कुरा होइन,’ उनले देउवा पक्षलाई लक्षित गर्दै भने। पछिल्लो समय देउवा पक्षले समानान्तर गतिविधि अघि बढाएको छ । देउवा सिंगापुरबाट फर्किएपछि पन्ध्रौँ महाधिवेशन तालिका ल्याउने चर्चाबीच थापाको यो भनाइ आएको हो ।
थापाले विशेष महाधिवेशनपछि केही नेताहरूमा असन्तुष्टि देखिएको स्वीकार गर्दै संवादमार्फत सबैलाई समेट्ने प्रयास गर्ने बताए। उनले उम्मेदवार चयन प्रक्रियामा कुनै पूर्वाग्रह नराखिएको दाबी गरे।उनले छोटो समयमा १६५ जना उम्मेदवार चयन गर्दा केही असन्तुष्टि स्वाभाविक भए पनि निर्णय पार्टीको हितमा गरिएको बताए ।
श्याम घिमिरेको स्पष्टीकरण : देउवा पक्षका कसैले गगनको राजीनामा मागेका छैनौँ
सभापति गगनले भने : जवाफदेही भएर राजीनामा दिएँ, अब महाधिवेशनबाट सबै कुराको छिनोफानो हुन्छ
सभापति थापाले ल्याए कांग्रेसको १५ औँ महाधिवेशन कार्यतालिका
गगन थापाले अघि सारे पार्टीभित्र ‘ग्रान्ड रिफर्म’ योजना
सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)
पूर्वाग्रह त्यागेर शून्यबाट नवीन यात्रा थाल्नुपर्छ : कांग्रेस नेता महर
पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर
बालुवाटार छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने
प्रधानमन्त्री सुशीला कार्की पदबाट बाहिरिने अन्तिम तयारीमा छिन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गर्ने र सोही दिन शपथ लिने तयारी छ । पद छाड्न केही दिन मात्र बाँकी रहँदा कार्कीले नियमित रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जान छाडेकी छन् ।
कार्यालय स्रोतका अनुसार उनले अब नआउने भन्दै अनौपचारिक रूपमा बिदा लिएकी छिन् । कार्यालयका एक उपसचिवका अनुसार कर्मचारीहरूले औपचारिक बिदाइको प्रस्ताव गरे पनि कार्कीले त्यसलाई अस्वीकार गर्दै साधारण रूपमा बाहिरिन चाहेको बताएकी थिइन् ।

त्यसपछि उनी सिंहदरबारस्थित कार्यालय गएकी छैनन् । उनका व्यक्तिगत सामान पनि सचिवालयका कर्मचारीहरूले उठाइसकेका छन् ।
यता, बालुवाटारस्थित सरकारी निवासबाट उनको परिवारले सबैजसो सामान टोखास्थित निजी घरमा सारिसकेको छ । त्यहाँ सुरक्षाकर्मी राख्न आवश्यक संरचना तयार गर्ने काम केही दिनदेखि भइरहेको थियो ।
उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट
प्रतिनिधिसभा सदस्यको शपथ र प्रारम्भिक बैठकका लागि तयारी पूरा : संसद् सचिवालय
संविधानसभापछि सिंहदरबार फर्कँदै संसद्
सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्नेमा विश्वास छ : महानिरीक्षक अर्याल
समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव
रविको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’मा
निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने
अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइयो चैती छठ
अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मंगलबार चैती छठ पर्व मनाइएको छ ।
चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक सुरु भएको चारदिने चैती छठ उत्सवको मुख्य दिन षष्ठी तिथिका दिन मंगलबार साँझ विभिन्न जलाशयमा पसेर व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाएका हुन् ।

पर्वको षष्ठी तिथिका दिन व्रतालुले आ–आफ्ना घरघरमा गहुँ र चामललाई ओखल, जाँतो वा ढिकीमा कुटानी पिसानी गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, फलफुल तथा मुला लगायत ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
साथै सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै सूर्यलाई अर्घ अर्पण गर्ने परम्परा रहेको छ ।
‘एचई उच्च शिक्षा र्याङ्किङ’मा काठमाडौं विश्वविद्यालय १२२औँ स्थानमा
मुसहर बस्तीमा न व्यवस्थित घर न शौचालय
बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी
निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो
शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक
टोखा दाहालगौंडा क्षेत्रको अतिक्रमित जग्गामा प्रशासनले चलायो डोजर ९तस्बिरहरू०
टोखा नगरपालिका वडा नं ७ दाहालगौंडामा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएको १८ वटा घरटहरामा जिल्ला प्रशासन कार्यालयले डोजर लगाएपछि त्यहाँ बस्दै आएकाहरूको बिचल्ली भएको छ ।
अतिक्रमण गरी बनाइएको घरटहरामा प्रहरी प्रशासनको सहयोगमा सोमबार डोजर चलाइएको थियो । प्रशासन, वडा लगायत कुनै पनि निकायबाट पूर्व सूचना नआएको र मानिस घर भित्र हुँदाहुँदैको अवस्थामा डोजर चलाएको स्थानीयहरूले गुनासो गरेका छन् ।

साबिक धापासी वडा नम्बर ७ हालको टोखा नगरपालिका वडा नम्बर ७ को दाहालगौंडामुनी रहेको कित्ता नम्बर ६५ को ४ रोपनीभन्दा बढी जग्गामा बनेका घरटहरामा डोजर चलाइएको छ ।
सोही जग्गामा करिब ३० वर्षदेखि बस्दै आएकी आछ माया तामाङले १८ घरधुरी पूर्ण रुपमा सुकुम्बासी रहेको र बाँकी सटरहरु चाहिँ वडा अध्यक्ष नरुत्तम रानाले महिनाको लाखौं भाँडा लिने गरी भाँडामा दिएको जानकारी दिइन् ।
चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्
‘तपाईंले प्रत्येक पटक एक क्यान कोक पिउँदा आफ्नो जीवनको १२ मिनेट गुमाउनुहुन्छ’
डाँडाखेत–राहुघाट प्रसारण लाइन : तीन करोडभन्दा बढी मुआब्जा वितरण
पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था
जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)
धमाधम भत्काउन थालियो बुढानीलकण्ठस्थित देउवा निवास (तस्बिरहरू)
चार महिनादेखि तिला गाउँपालिका प्रमुख प्रशासकीय विहीन
अमेरिका–इरान युद्ध रोक्न कसरी मध्यस्थतकर्ताको भूमिकामा आइपुग्यो पाकिस्तान ?
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध थालिएको युद्धको २४औँ दिनमा पाकिस्तानले टर्की र इजिप्टसँग मिलेर मध्यस्थताका लागि कूटनीतिक पहल तीव्र बनाएको छ।
पाकिस्तानी अधिकारीहरूका अनुसार यी तीन देशको समन्वयमा अमेरिकाले इरानको ऊर्जा र विद्युत् संरचनामाथि गर्ने योजना बनाएको आक्रमण पाँच दिनका लागि स्थगित गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार उक्त ‘स्थगन’ घोषणा गर्दै पछिल्ला दिनहरूमा इरानसँग ‘सकारात्मक र फलदायी वार्ता’ भएको बताएका थिए । उनले यो प्रयासले पूर्ण समाधानतर्फ लैजान सक्ने पनि बताए।
यद्यपि, यो स्थगन सर्तसहित सीमित रहेको छ । इरानका ऊर्जा तथा विद्युत् संरचनामा आक्रमण नगर्ने विषयमा मात्रै लागू भएको उनले बताए। अन्य क्षेत्रमा भने लडाइँ जारी नै छ।
वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु
अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’
कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु
इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट













प्रतिक्रिया