रवि लामिछानेले कास्की जिल्ला अदालतमा तारेख धाउन नपर्ने « Khabarhub

रवि लामिछानेले कास्की जिल्ला अदालतमा तारेख धाउन नपर्ने


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

पोखरा- कास्की जिल्ला अदालतले रवि लामिछानेले तारेख धाउनु नपर्ने आदेश दिएको छ । लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा सबैभन्दा पहिले अभियोग पत्र दायर भएको कास्की जिल्ला अदालतले यस्तो आदेश दिएको हो । गत पुसमा लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

आइतबार मात्रै लामिछानेले तारेखमा नबस्ने अनुमति पाउँ भनी अदालतमा निवेदन दिएका थिए । आइतबार दर्ता भएको उनको निवेदन उपर मंगलबार सुनुवाइ गर्दै जिल्ला न्यायाधीश श्यामकुमार श्रेष्ठले माग बमोजिम हुने फैसला गरेका हुन् ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले रविसहित ६३ जनालाई विपक्षी बनाएर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब ५१ करोड रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो दाबी गरिएको छ। यो मुद्दा अदालतमा विचाराधीन छ।

सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि जिल्ला अदालत कास्कीले थुनछेक आदेश जारी गर्दै रविलाई धरौटीमा छाडेको थियो । त्यतिबेला रविले अदालतमा ६५ लाख रुपैयाँ धरौटी राखेका थिए ।

धरौटीमा छुटे पनि लामिछाने कास्की अदालतमा पेसी बुझ्न आइरहेका थिए । यसअघि लामिछानेले हरेक महिनामा कम्तीमा एकपटक अदालतमा उपस्थित हुनुपर्ने व्यवस्था थियो ।

उनी अन्तिम पटक माघ २९ गते जिल्ला अदालतमा तारेखमा आएका थिए । त्यसअघि चुनावी गतिविधिका क्रममा पनि उनी अदालतमा उपस्थित भएका थिए । अब भने अदालतको अनुमति अनुसार उनी नियमित रूपमा उपस्थित हुनुपर्दैन ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ८ : ५७ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले