प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

झापा – लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्तिलाई प्रहरी हिरासतबाट छुटाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई झापा प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय दमकले कमल गाउँपालिका–६ गुवाबारीबाट खैरो हिरोइन सहित पक्राउ परेका लक्ष्मण राजवंशीलाई हिरासतबाट निकालिदिने आश्वासन दिलाई उनका दाजु रामप्रसाद राजवंशीसँग १ लाख ५० हजार रुपैयाँ ठगी गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।

ठगी गरि पक्राउ पर्नेमा दमक नगरपालिका–९ का ३० वर्षीय अरुण दनुवार र कमल गाउँपालिका–६ खैरबारी बस्ने ३२ वर्षीय सुमन खड्का रहेका छन्। पीडितले दिएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई फागुन ८ गते पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ठगी तथा आपराधिक लाभ कसुरमा जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय दमकका डीएसपी किशोर लम्सालले जानकारी दिए।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ९ : ३३ बजे

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन

प्रस्तावित प्रधानन्यायाधीशको उजुरी अध्ययन गर्न समय माग्दै विपक्षी सांसद ‘फास्ट ट्र्याक’ को विरोध

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई

एमालेको प्रश्न: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा किन हतारो ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तावित प्रधानन्यायाधीश

बाँके प्रहरीमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज– प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५ मुद्दा

संघीय संसदका दुवै सदनको बैठक बस्दै, प्रि–बजेटमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज पनि