आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख ११ गते शुक्रबार। वैशाख शुक्ल पक्षको अष्टमी तिथि । लोकतन्त्र दिवस, गोरखकाली पूजा । तदनुसार सन् २०२६ अप्रिल २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ । स्वास्थ्यमा सुधार हुनेछ। साना कुराले मन अशान्त हुनसक्छ। लगानीको क्षेत्र संकटमा पर्ने जोखिम रहेको छ। आज शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

वृष : दिन राम्रो छ । मन शान्त बन्नेछ। व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासबाट लाभ हुनेछ। विपक्षी साथी शान्त भएकाले मौन बसेर आफ्नो काम गर्नु उचित हुन्छ। पारिवारिक मेलमिलाप हुनेछ।

मिथुन : समय राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ। व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। पर्यटन क्षेत्रमा रमाइलो गर्ने अवसर मिल्नेछ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ।

कर्कट : लगानीमा अवरोध हुँदा मानसिक तनाव बढ्नेछ। राज्यको तर्फबाट भय बढ्नेछ। सानो रकम भए पनि दान गरेर मनलाई शान्त पार्न सक्नुहुनेछ। संकटमा परिवारको भने साथ र सहयोग मिल्नेछ।

सिंह : शुभ समाचार सुन्ने दिन छ । आज नसोचेको धन प्राप्त हुनेछ। मित्रबाट साथ र सहयोग मिल्नेछ। औषधी नियमित गर्न सकेमा रोगबाट मुक्ति मिल्नेछ। विपक्षी साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्। छोटो दूरीको सुखद् यात्रा हुनेछ।

कन्या : दिन राम्रो छ । बोली र व्यवहारमा एकरुपता भएमा मान र सम्मान प्राप्त हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ। अग्रजबाट हौसला प्राप्त हुनेछ। गणेशको भजन सुनेर दिनको सुरुवात गर्नु उचित हुनेछ।

तुला : सुख र आनन्द प्राप्त हुने दिन छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। दाम्पत्य जीवन सुखमय बन्दा प्रेम सम्बन्धमा उत्साह बढ्नेछ। शिक्षामा श्रम गर्नुपर्ने दिन छ ।

वृश्चिक : दैनिकी तपाईंका लागि सहज रहेको छ। रमाइलो गर्ने नाममा खर्च बढ्नेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने दिन छ। अरुको कामका लागि आफ्नो समय र खर्च नगर्नु उचित हुनेछ।

धनु :आजको यात्रा तपाईंका लागि कष्टकर बन्नेछ। मन अशान्त बन्ने छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने समय छ। व्यापारमा निरासा बढ्ने भएकाले परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

मकर : काम गर्दा सचेत बन्नु उचित हुन्छ । अचानक मनमा असन्तोष पैदा हुनेछ। कुटुम्बसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नु फाइदा हुनेछ। शनिका कारण हरेक काममा बाधा हुनेछ। गणेशको भजन मात्र सुनेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कुम्भ : दिन सुखद् रहेको छ । आज व्यापारबाट लाभ हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । तपाईंको काममा विपक्षीलेसमेत साथ दिनेछन् । शिक्षाको क्षेत्रमा गरेको प्रयासमा ढिलासुस्ती हुनेछ ।

मीन : सोचेर काम गर्नु उचित हुन्छ । साना कुराले मनमा निरासा बढ्नेछ। आफ्नै परिवारका कारणले मनमा असन्तुष्टि बढ्नेछ। दैनिक काममा कसैसँग विवाद नगर्नु उचित हुनेछ। राम्रो बोल्दा पनि खराब बुझाइले तनाव बढ्नेछ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ५ : ११ बजे

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना

स्वदेश फर्कियो नेपाली राष्ट्रिय क्रिकेट टोली (तस्बिरहरू)

काठमाडौं– आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेर नेपाली राष्ट्रिय

देवानगञ्ज घटनाबारे राष्ट्रपति पौडेल र प्रथम राष्ट्रपति यादवबीच संवाद

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगञ्जसहित तराई-मधेसका विभिन्न

पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन– पोल्ट्री व्यवसायीलाई वातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालनसम्बन्धी प्रशिक्षण प्रदान

गृहमन्त्री जाने भएपछि सिराहामा तनाव, सुरक्षाकर्मीको गाडी घेराउ (तस्बिरहरू)

सिराहा– सिराहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि