नेपाली नागरिकता त्याग्ने १७ चिकित्सकको लाइसेन्स खारेज « Khabarhub

नेपाली नागरिकता त्याग्ने १७ चिकित्सकको लाइसेन्स खारेज


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको नाम आफ्नो दर्ता किताबबाट हटाएको छ । 

काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो । नेपाल नागरिकता ऐन, २०६३ अनुसार नेपाली नागरिकता त्याग गरी विदेशी नागरिकता प्राप्त गरेका चिकित्सकहरूको दर्ता कायम नरहने प्रावधानअनुसार काउन्सिलले उनीहरूको नाम खारेज गरेको जनाएको छ । 

साथै, नेपाल मेडिकल काउन्सिल ऐन, २०२० र नियमावली, २०२४ बमोजिम यो निर्णय आजकै मितिदेखि लागू हुने गरी कार्यान्वयनमा ल्याइएको उल्लेख गरिएको छ । 

काउन्सिलका अनुसार दर्ता खारेज गरिएका चिकित्सकहरूले विभिन्न देशको नागरिकता लिएका छन्, जसमा बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारत रहेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ११ : ३९ बजे

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : प्रचण्ड

जनकपुरधाम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल