सुकुम्वासीले रास्वपालाई भने : सरकार पेलेर अघि बढे प्रतिकारमा उत्रिन्छौँ « Khabarhub

सुकुम्वासीले रास्वपालाई भने : सरकार पेलेर अघि बढे प्रतिकारमा उत्रिन्छौँ


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको अतिक्रमित सुकुम्वासी बस्तीका बासिन्दाले आफूहरूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीको ध्यानाकर्षण गराएका छन् ।

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा शुक्रबार काठमाडौंको बनस्थलीस्थीत रास्वपा पार्टी कार्यालयमा पुगेकाहरूले बस्ती हटाउने निर्णय कार्यान्वयन नगर्न माग गरेका हुन् ।

उनीहरूले पार्टी कार्यालयमा रास्वपाका केन्द्रीय सदस्य खेमराज साउदलाई ध्याकर्षण पत्र बुझाएको जनाएका छन् ।

त्यस क्रममा मानव अधिकार उल्लंघन हुने गरी काम नगर्ने र यस विषयमा सरकारसँग कुरा भइरहेको जवाफ प्राप्त भएको मोर्चाका महासचिव अर्जुन कुँवरले जानकारी दिए ।

आफूहरू सकारात्मक सन्देश आउने विश्वासमा रहे पनि सहजताका साथ एकताबद्ध भएर बस्न उनले आग्रह गरेका छन् ।

मोर्चाले सरकार एकतर्फी ढंगले जबरजस्त रुपमा अघि बढ्न खोजे प्रतिकार गर्ने चेतावनीसमेत दिएको छ ।

मोर्चाले जबरजस्ती उठिबासको सूचना तत्काल फिर्ता लिनुपर्ने, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्य प्रक्रिया तत्काल सुरू गरि लगत प्रमाणीकरण र व्यवस्थापन अगाडि बढाउनुपर्ने, भूमि र आवासको अधिकारको सुनिश्चित गर्नुपर्ने लगायत माग राखेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ३ : ०३ बजे

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

१३ सय ४१ शव भेटिँदा ९८ जनाको मात्रै सनाखत

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा बाढी गएको १२ दिन बितिसक्दा समेत

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा– भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि मित्रराष्ट्र

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल