कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित « Khabarhub

कांग्रेसले गर्‍यो संसदीय दलको नेता चयन प्रक्रिया स्थगित


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार लागि तय भएको निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । 

सहमति खोज्नका लागि भन्दै कांग्रेस कार्यसम्पादन समितिले कार्यदल गठन गरेपछि तत्कालका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको कांग्रेस संसदीय दलको नेता निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।

कार्य सम्पादन समितिको बैठकले निर्देशन गरेअनुसार उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरेका साथै निर्वाचन समितिको समेत संयोजन रहने गरी शनिबार साँझ सम्म सर्वसम्मत रुपमा दलका नेता चयन गर्न समिति गठन गरिएको उनले बताए । 

सहमतिका लागि पार्टी सभापतिले अन्य नेताहरूसँग समेत छलफल गर्ने उनको भनाइ छ । उनले सकेसम्म सहमति नै दलको नेता चयन गर्ने र नभए पुनः प्रक्रिया सुरु हुने समेत उल्लेख गरे । 

रसाइलीले संसद्मा पार्टीको भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरू समेत राखेर संसद् समन्वय बोर्ड गठन गर्ने, संसदीय मामिला अध्ययन तथा अनुसन्धान इकाई निर्धारण गर्ने लगायतका व्यवस्थासहित दलको नयाँ विधान पारित भएको जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ४ : ४३ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण