उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति « Khabarhub

उद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्ने अनुमति


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्ने जिल्ला अदालत काठमाडौंले ४ दिनको म्याद थप गरेको छ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीबार काठमाडौंको नक्साल आसपासबाट पक्राउ गरेको हो । त्यसपछि उनलाई २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो।

दीपक भट्टसमेत जोडिएको विवादित सेयर कारोबारबारे नेपाल धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनका आधरमा गोल्छालाई प्रहरीले पक्राउ गरेको थियो ।

उक्त विवादित सेयर कारोबारमार्फत् अर्बौँ हिनामिना गरिएको भन्दै सरकारले गृहमन्त्री सुधन गुरुङको राजीनामाको भोलिपल्टै गोल्छालाई समातेको हो । उक्त प्रकरणमा उनीसहित अन्य ५ जना संलग्न रहेको दाबी सरकारको छ।

सीआईबीले बिहीबार विज्ञप्ति जारी गर्दै धितोपत्र सम्बन्धी कसूरमा गोल्छालाई पक्राउ गरिएको पुष्टि गरेको थियो। सीआईबीका अनुसार नेपाल धितोपत्र बोर्ड को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गोल्छाविरुद्ध अनुसन्धान अघि बढाइएको हो ।

हिमालयन रिइन्स्योरेन्स लिमिटेडका पूर्वअध्यक्ष गोल्छालाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका दफा ९४, ९५, ९६(१) र ९८ बमोजिम कसूर गरेको आशंकामा मुद्दा अगाडि बढाएको सीआईबीले जनाएको छ ।

सोही ऐनको दफा १०३(३) अनुसार थप अनुसन्धानका लागि कारबाही भइरहेको छ। नेपाल प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ५ : ५३ बजे

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो

ट्राफिक कारबाहीमा ९५ हजार ७७ सवारीसाधन

सुनसरी– आर्थिक वर्ष २०८२-८३ मा कोशी प्रदेशमा नियम पालना नगर्ने

मूल बीउका लागि कोदोखेती

वालिङ– स्थानीय जातको कोदोको बीउ बचाउन स्याङ्जाको वालिङ नगरपालिका–१ मा

टन्टलापुर घाम सहँदै ग्यासको लाइनमा उपभोक्ता (तस्बिरहरू)

बुटवल- खाना पकाउने ग्यासको सहज आपूर्ति नभएपछि रुपन्देहीमा उत्पादकबाट सिधै