संसद् स्थगनप्रति कांग्रेसको कडा आपत्ति, सुकुम्वासीमाथि बल प्रयोग नगर्न आग्रह « Khabarhub

संसद् स्थगनप्रति कांग्रेसको कडा आपत्ति, सुकुम्वासीमाथि बल प्रयोग नगर्न आग्रह


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सम्पन्न भएको छ। यस बैठकले लोकतन्त्र, संसद्, विद्यार्थी राजनीति, सुकुम्बासी समस्या लगायतका विषयमा ६ बुँदे निर्णय गरेको छ।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले समसामयिक राजनीतिक तथा सामाजिक मुद्दामा धारणा तय गरेको छ।

यस बैठकले बुधबार आह्वान गरिएको संसद् बैठक बिहीबार हठाथ् स्थगित गरेको भन्दै कडा आपत्ति जनाएको प्रवक्ता देवराज चालिसेले बताएका छन् ।

उनका अनुसार संसद् अधिवेशन बोलाएर बैठक नै नबसी स्थगित गरिएको घटनालाई लिएर कांग्रेसले गम्भीर आपत्ति जनाएको छ।

संसद स्थगनप्रति आपत्ति

कांग्रेसले सरकारको सिफारिसमा संसद अधिवेशन बैठक नै नबस्दै स्थगित गरिएको घटनालाई लिएर गम्भीर आपत्ति जनाएको हो ।

यसले संसदीय अभ्यास र संवैधानिक नैतिकता कमजोर बनाएको आरोप लगाइएको छ। यसका साथै कांग्रेसले संसद् तुरुन्त सुचारु गर्न माग गरेको छ।

संसदीय दल विधान संशोधन

कांग्रेसले संसदीय दलको विधान संशोधन गर्दै समन्वय समितिको संयोजकमा उपसभापति विश्वप्रकाश शर्मा रहने व्यवस्था गरेको छ।

विद्यार्थी राजनीति सुधार

कांग्रेसले विद्यार्थी संगठनलाई हटाउने बालेन्द्र शाह नेतृत्वको सरकारको विरोध गरेको छ। उसले विद्यार्थी संगठनको अस्तित्वलाई वैधानिक भन्दै स्वतन्त्र विद्यार्थी युनियन (एफएसयू) निर्वाचनमा सुधार, पारदर्शिता र आचारसंहिता आवश्यक रहेको निष्कर्ष निकालेको छ।

सुकुम्बासी समस्या समाधानमा जोड

कांग्रेसले सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न वास्तविक सुकुम्बासी पहिचान गरी आवास र जग्गा उपलब्ध गराउनुपर्ने बताएको छ। उसले बैठकबाट बल प्रयोगभन्दा मानवीय उपाय अपनाउन सरकारलाई आग्रह गरेको छ।

हिरासत मृत्यु र विदेशमा रहेका नेपालीको मुद्दा

कांग्रेसले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हिरासतमा युवकको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन माग गर्दै सत्य तथ्य सार्वजनिक गर्न आग्रह गरेको छ।

यसका साथै इरानमा रहेका नेपाली नागरिकको रिहाइका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह गरिएको छ। बैठकले सरकारलाई जवाफदेही, पारदर्शी र मानवीय दृष्टिकोण अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ६ : १२ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण