मेलुङ गाउँपालिका पुर्णखोप सुनिश्चितता पालिका घोषणा « Khabarhub

मेलुङ गाउँपालिका पुर्णखोप सुनिश्चितता पालिका घोषणा


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दोलखा- जिल्लाको मेलुङ गाउँपालिकाले नियमित खोप सुनिश्चितता पालिका घोषणा गरेको छ। शुक्रबार गाउँपालिकालाई एक कार्यक्रमका बिच जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीको उपस्थितिमा जनस्वास्थ्य कार्यालय दोलखाले पुर्णखोप पालिका घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरेको थियो । 

गाउँपालिका भित्रका ९८ जना बालबालिकालाई पुर्णखोप लगाइएको हुँदा चालु आर्थिक वर्ष २०८२/०८३ मा पनि पालिकालाई पुर्णखोप लगाएकाले खोप सुनिश्चितता तथा दिगोपना नियमित खोप सुदृढीकरण कार्यक्रमको लक्ष्य हासिल गर्ने पालिकाको रूपमा प्रमाणपत्र हस्तान्तरण गरिएको जनस्वास्थ्य कार्यालय दोलखाका कार्यालय प्रमुख एवं खोप अधिकृत देवेन्द्र बुढामगरले बताए ।

गाउँपालिकाको स्वास्थ्य शाखा अन्तर्गत चालु आवमा जन्मेका वडा नम्बर-१ का १४ जना, वडानम्बर-२ का ५ जना, वडा नम्बर-३ का ११ बालबालिकालाई समयमै नियमित खोप सबै लगाइएको थियो । 

त्यसै गरी वडा नम्बर-४ का १८ जना,वडा नम्बर-५ का १६ जना,वडा नम्बर-६ का ९ जना र वडा नम्बर-७ का २५ जना गरी जम्मा ९८ जना बालबालिकालाई सबै खोप लगाइएको मेलुङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईंले बताए । 

उनकाअनुसार १५ महिनादेखि ५९ महिनासम्मका सबै लक्षित बालबालिकाले आवश्यक खोपको मात्रा पूरा गरेका छन् । सबै बालबालिकाले तोकिएको खोप पूरा गरेपछि मात्र पूर्णखोप घोषणा गरिने हुँदा यस वर्षपनि सबै बालबालिकालाई  खोपको सबै मात्र पुरा गरिएको हुँदा पुर्णखोप प्राप्त गर्ने पालिका घोषणा गरिएको उनले बताए ।

मेलुङ गाउँपालिका अध्यक्ष हिराकुमार तामाङको अध्यक्षयता सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानि, गाउँपालिका अध्यक्ष हिराकुमार थोकर, उपाध्यक्ष गायत्री आचार्य, जनस्वास्थ्य कार्यालय दोलखाका खोप अधिकृत देवेन्द्र बुढामगर, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुवन चापागाईँ लगायतले पुर्णखोप कार्यक्रमलाई सम्बोधन गर्दै नियमित खोप कार्यक्रमको लागि प्रतिबद्धता पत्रमा हस्तान्तरण गरेका थिए ।

वार्षिक खोप अभियानलाई पूर्ण बनाउन लाग्ने स्वास्थ्य चौकी इन्चार्जहरूलाई सम्मान समेत गरिएको थियो । गाउँपालिका भित्रका ७ वटै  वडालाई पुर्णखोप घोषणा सकेर गाउँपालिकालाई शुक्रवार पुर्णखोप घोषणा गरिएको थियो । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ६ : १५ बजे

वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रियस्तरको कल्याणकारी कोषको सहयोगबाट

खुल्दै ‘जय नेपाल पार्टी’ : धवल शमशेर सभापति, दुर्गा प्रसाईं सर्वोच्च नेता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता डा. धवलशमशेर राणा र

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल