अर्थशास्त्री डा. सुधनकुमार ओलीलाई ४ प्रश्न « Khabarhub

अर्थशास्त्री डा. सुधनकुमार ओलीलाई ४ प्रश्न



काठमाडौं– पछिल्लो समयमा सरकारले निजी क्षेत्रका केही व्यवसायीहरूमाथि पनि सम्पत्ति शुद्धीकरण र आर्थिक अपारदर्शीताको विषयलाई लिएर अनुसन्धानको दायरामा ल्याएको छ । सो विषयलाई लिएर निजी क्षेत्रका संगठनहरूले संगठित रूपमा नै विरोध जनाएका छन् ।

वास्तवमा सरकारले अगाडि बढाएको कदम के हो ? र सो कदमलाई विशेषगरी उदारवादी अर्थ राजनीतिको पक्षमा दृष्टिकोण राख्ने अर्थशास्त्री डा सुधनकुमार ओलीले कसरी हेर्नुभएको छ भनेर खबरहबका लागि नारायण अर्यालले छोटो संवाद गरेका छन् । प्रस्तुत छ, अन्तरवार्ताको सम्पादित अंश-

पछिल्लो समयमा सरकारले निजी क्षेत्रका व्यक्तिहरूमाथि पनि अनुसन्धानलाई तीव्रता दिएको छ, यसलाई कसरी हेर्नुभएको छ ?

राज्यले आवश्यकता देखेमा कानुन अनुसार अनुसन्धानको काम गर्न सक्छ । तर, त्यस सँगै ख्याल गर्नुपर्ने कुरा के हो भने त्यसले पार्ने प्रभाव के हो ? राज्य त सबैको साझा अभिभावक हो । त्यसैले राज्यको काम सबै क्षेत्रलाई संरक्षण गर्ने काम पनि हो ।

अहिले पछिल्लो समयमा अर्थतन्त्रमा समस्या देखिएको बेलामा निजी क्षेत्र एकदमै कमजोर मानसिकतामा रहेको अवस्था हो । यो अवस्थामा राज्यले कर्पोरेट हाउसका व्यक्तिहरूलाई अनावश्यक रूपमा धरपकड गर्ने काम गरिराख्या छ यसले भोलि निजी क्षेत्रको मनोबल अझै घट्न सक्छ ।

यदि गैरकानुनी काम गरिराखेको छ भने कानुनी दायरामा ल्याएर उसलाई अनुसन्धान गर्ने र मुद्दा चलाइसकेपछि अदालतले गरेको फैसलाको आधारमा कारबाही गर्ने एउटा कुरा हो, तर पहिलो चरणमा नै उसलाई धरपकड गरेर मनोबल गिराउने काम गलत छ ।

सरकारले सुशासनको ‘डिपार्चर’ गर्छु भनेको छ, निजी क्षेत्रमा पनि अनुसन्धान त गर्नै पर्ने होला, त्यस्तो केही नयाँ अभ्यास हुनसक्छ ?

हो, त्यही अहिले अस्तित्वमा रहेको संरचनाले काम गर्न सकेन भनेर नै नयाँ म्यान्डेटको सरकार आएको हो । यसले पनि पुरानै ढर्राबाट काम गर्ने हो भने त केही अर्थ छैन । सरकार आर्थिक समृद्धिको लागि हो वा राजनीतिक स्वार्थको लागि हो ?

सरकारले सबैको साझा कल्याण हुनेगरी यदि नीति लिएको छ र त्यही अनुसार काम गरेको छ भने कालान्तरमा गएर त्यसले एउटा नतिजा दिन्छ । होइन, कुनै राजनीतिक प्रभावका आधारमा काम गरिराख्या छ भने त त्यसले लैजाने भनेको त ध्वंस नै हो । त्यसैले राज्यले गर्नपर्ने भनेको पहिला कानुनी संरचना तयार गर्नपर्‍यो, हिजोदेखि नै अहिले भइरहेको कानुनी व्यवस्थाले सही नतिजा दिएको छैन भन्ने लागेको छ भने त्यो कानुनलाई संशोधन गर्नपर्‍यो ।

अर्थ मन्त्रालयले १५ वटा ऐनलाई खारेज गर्ने भन्ने कुरा अगाडि बढाइरहेको छ, ती कामलाई तुरुन्त रूपमा अगाडि बढाएर संसदबाट कानुन बनाउन पर्‍यो । यो सरकारलाई कानुन निर्माण गर्न समस्या पनि छैन । त्यसैले पहिलो चरणमा कानुनी संरचना तयार गर्ने र सुधारको आवश्यक छ भने त्यसमा सुधार गर्नपर्‍यो ।

हिजोको दिनमा कुनै मन्त्रीले आफ्नो काम देखाउन निजी क्षेत्रलाई आक्रमण गर्ने काम गर्यो, त्यसको वास्तविक प्रभाव आन्तरिक लगानीदेखि वैदेशिक लगानीमा परेको छ । अर्को उद्यमी विकास गर्न पनि सकिरहेको छैन, यसले के बनायो भने विदेशबाट सामग्री खरिद गर्ने, ल्याएर बिक्री गर्ने र बीचको नाफा खानुस् भन्ने स्थिति बन्यो । यो राज्यले आफैँले निजी क्षेत्रलाई त्यो व्यवसायमा लाग्न बाध्य बनाएको छ ।

त्यसैले हामीले हेर्ने भनेको राज्यले लिएको मुख्य ओरिन्टिएसन के हो भन्ने हो । त्यसैले राज्यले पहिलो नम्बरमा कानुनी संरचना तयार गर्नुपर्छ, दोस्रो नम्बरमा अहिले भएका कानुनी संरचनाले काम गर्दैन भने त्यसलाई रिफर्म गर्ने हो । तेस्रो चरणमा निजी क्षेत्रको मनोबल बढाउँदै राज्यको राजस्व लक्ष्य पूरा गर्दै ल एन्ड अर्डर लागू गरेर सही मानेमा उनीहरूले व्यापार व्यवसाय पनि गरुन् र रोजगारी सिर्जना पनि गरुन् ।

हिजोको समयमा अपारदर्शी काम भएको हो भनेर सामाजिक तथा राजनीतिक रूपमा स्थापित भएको छ, साथै, कतिपय तथ्यांकले पनि देखाएका छन्, जसमा निजी क्षेत्र पनि जोडिएको छ । के त्यसोभए निजी क्षेत्रलाई त्यसै छाडिदिने ?

हैन । राज्यले सिस्टमले गभर्न गर्नपर्‍यो । व्यक्तिगत आधारमा गर्न भएन । हिजोको दिनमा कतिपय लगानी गर्ने कुरा पनि सेटिङमा भए । यहाँ एउटा कानुनलाई रोक्नको लागि अर्को कानुन बनाउने काम पनि भइरहेको छ । अर्को, वातावरण पनि निजी क्षेत्रमैत्री छैन ।

रोजगारी सिर्जना गर्ने काम पनि निजी क्षेत्रको हो । अझ कमजोर अर्थतन्त्र भएको अवस्थामा राज्य एक कदम अगाडि बढेर निजी क्षेत्रलाई थप विश्वासमा लिन सक्नुपर्छ । सन् २००८ यता कुनै पनि सरकारले निजी क्षेत्रलाई राम्रो व्यवहार गरेको छैन । 

पुँजीवादी दलाल भनिएको छ, समाजवादी अर्थव्यवस्थाको कुरा गरिएको छ । अहिले भएको सबैभन्दा ठूलो समस्या भनेको संविधानमा जुन समाजवादउन्मुख व्यवस्था छ, यसलाई नै पहिला करेक्सन गर्नुपर्छ । यसबाट नै आर्थिक समृद्धिमा कसरी जाने भन्ने अर्थ राख्छ ।

हिजोको दिनमा ठूलो मात्रामा अपारदर्शी आर्थिक क्रियाकलापमा संलग्न भएको निजी क्षेत्रलाई कानुनी दायरामा ल्याउन नसक्ने हो भने पनि नयाँ ढंगले पुँजीवादी क्रान्ति गर्न सकिँदैन होला नि ?

पुँजीवादी क्रान्तिको सुरुवात कसरी हुन्छ भने जब तपाईँले पुँजीलाई सम्मान गर्नुहुन्छ । त्यसको लागि निजी क्षेत्र सबैभन्दा ठूलो पिल्लर हो अर्थतन्त्रको । राज्य त्यसको वातावरण तयार गर्ने सर्पोटिभ स्ट्रक्चर हो । उ अभिभावक हो । उसको गभर्नेन्स कहाँनेर चुक्यो भन्ने महत्त्वपूर्ण हो । अहिले के अभ्यास भइरहेको छ भने त्यो ओरिएन्टेसनका साथ हाम्रा नीतिहरू भएन । 

सामन्यतया कर्पोरेट निकाय र सेवा प्रदायक निकाय फरक हुनुपर्छ । तर, राज्यले के गरिराखेको छ भने राज्यले नियामकको काम पनि गरिरहेको छ र व्यापारीको काम पनि गरिरहेको छ । त्यहाँ त निश्चित रूपमा कन्फिल्क्टि अफ इन्ट्रेस्ट हुन्छ । त्यसपछि त्यसको बाहिर राडारमा बसेर काम गरिरहेका छन् उनीहरूले त्यहाँ खेल्छन्, त्यो स्पेस सरकारले दिइरहेको छ । हामीले बन्द गर्नुपर्ने त्यो लुप होललाई हो ।

जब रुल अफ ल मा हरेक क्रियाकलापलाई अगाडि बढाइन्छ तब यो बन्द हुन्छ । हामीले मिश्रित अर्थतन्त्र अँगालेका छौँ, अहिले रिफर्मको कुरा पनि गर्दैछौँ । अहिले जतिपनि नेसनल अकाउन्टिङ सिस्टमले गभर्न गरेका १८ वटा सेक्टर छन्, यो भन्दा बाहिरको क्षेत्र डिजिटल इकोनोमी, ग्रिन इकोनोमी लगायत पनि आइरहेका छ । 

यो भनेको अनौपचारिक क्षेत्रको अर्थतन्त्रलाई पनि स्टिमलाइज गर्न सक्नपर्‍यो । सबै अनौपचारिक अर्थतन्त्रलाई औपचारिक बनाउन त सकिँदैन, त्यसैले कहीँ न कहीँ गभर्न गर्न पर्‍यो । त्यसैले अहिले देखिएको मुख्य समस्या भनेको हाम्रो ओरिन्टेसन ठिक छैन भन्ने हो ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ७ : ०८ बजे

सहकारी बैंकको सञ्चालक : छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने

काठमाडौं– राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण

मदनको स्मृति दिवसकै दिन विद्यालाई शंकर र विष्णुको ढाडस

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने भगीरथ प्रयत्नमा छिन्

युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन

काठमाडौं– युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

एजेन्सी– चीनले नयाँ मानवसहित अन्तरिक्ष अभियानका लागि अन्तरिक्षयान प्रक्षेपणको तयारी

विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई सँगै लिएर काम गर्न चाहन्छु : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशनबाट छुटेका