सेवालाई नवीनतम प्रविधिमा अब्बल बनाउने विद्युत् प्राधिकरणको पहल « Khabarhub

सेवालाई नवीनतम प्रविधिमा अब्बल बनाउने विद्युत् प्राधिकरणको पहल

‘जेनेरेसन–जेड’ इन्जिनियरसँग विशेष विचार मन्थन 


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको मागलाई धान्न नसक्ने निष्कर्ष निकाल्दै युवा तथा प्रविधिमैत्री इन्जिनियरहरूसँग ‘विशेष विचार मन्थन’ कार्यक्रमको आयोजना गरेको छ । 

प्राधिकरणले आफ्नो सेवालाई नवीनतम विश्वस्तरीय प्रविधिमा रुपान्तरणका लागि ‘सरप्राइज’ र नवीन प्रयोगको सुरुवातका लागि  प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको उपस्थितिमा यस्तो कार्यक्रमको सुरुवात गरिएको हो । 

प्राधिकरणको मेरुदण्ड मानिने वितरण र प्रसारण सेवालाई आधुनिक बनाउने उद्देश्यको सुरुवातसहित यस्तो कार्यक्रमको आयोजना गरिएको प्राधिकरणको भनाई छ । 

‘कार्यक्रममा सहभागी युवा तथा प्रविधिमैत्री इन्जिनियरहरूलाई विषयवस्तुबारे पूर्व जानकारी दिइएको थिएन,’ कार्यकारी निर्देशक शाक्यले कार्यक्रमबारे भने, ‘अध्ययनको समय नै नदिई उनीहरूमा रहेको विद्यमान ज्ञान, तत्काल समस्या समाधान गर्ने क्षमता र विश्वव्यापी प्रविधिबारेको बुझाइलाई सोझै विश्लेषण गरिएको थियो । यसले युवा इन्जिनियरहरूलाई यथास्थितिबाट बाहिर निस्केर नवीनतम योजनाबारे सोच्न बल पुर्‍याउने हामीले अपेक्षा गरेका छौँ ।’ 

प्राधिकरणले दिएको जानकारी अनुसार ​छलफल मुख्य गरेर तीन वटा स्तम्भमा केन्द्रित गरिएको थियो । ‘चुस्त सेवा अर्थात् प्रशासनिक र प्राविधिक प्रक्रियालाई डिजिटल प्रविधिमार्फत छिटो–छरितो बनाउने, ​दुरुस्त व्यवस्थापन अर्थात् डाटा र अटोमेसनको प्रयोग गरी प्रणालीमा रहेका कमजोरी र चुहावट शून्यमा झार्ने र तेस्रोचाँहि विश्वसनीय प्रसारण अर्थात् ट्रिपिङ र भोल्टेजको समस्यालाई आधुनिक ‘स्मार्ट ग्रिड’ प्रविधिमार्फत समाधान गर्ने कुरामा केन्द्रित भएका थियौँ,’ उनले भने, ‘हामीसँग भएका ऊर्जावान युवा इन्जिनियरहरूनै प्राधिकरणको भविष्य हुन् । उनीहरूको प्रविधिप्रतिको लगावलाई संस्थाको कार्यशैलीसँग जोडेर नेविप्रालाई विश्वस्तरीय बनाउने हाम्रो लक्ष्य अनुसार यो कार्यक्रमको थालनी गरेका हौँ । सुरुवातमै हामी आशावादी भएका छौँ ।’ प्राधिकरणले यो कार्यक्रमलाई निरन्तरता दिने पनि जानकारी दिएको छ ।  

​नेपालको ऊर्जा क्षेत्रमा उत्पादन बढेसँगै अबको मुख्य चुनौती गुणस्तरीय वितरण र दिगो प्रसारण भएको भन्दै प्राधिकरणले पुराना कार्यशैली र मेसिनहरूले मात्र अबको मागलाई धान्न नसक्ने निष्कर्ष निकाल्दै प्रविधिसँग भिजेका नयाँ पुस्ताका इन्जिनियरहरूलाई ‘ड्राइभिङ सिट’ मा राखेर अघि बढ्नुपर्छ भन्ने उद्देश्यका साथ यो कार्यक्रम थालनी गरेको समेत जानकारी दिएको छ ।  

छलफलबाट निस्किएका निष्कर्षहरूलाई छिट्टै कार्य योजनामा ढालेर वितरण र प्रसारण प्रणालीमा लागू गर्ने प्राधिकरणको तयारी छ । यसले ग्राहकहरूलाई दिइने सेवामा मात्र नभई, प्राधिकरणको आन्तरिक कार्यसम्पादनमा समेत एउटा ठूलो फड्को मार्ने अपेक्षा प्राधिकरणले लिएको छ ।

पहिलो कार्यक्रममै प्रविधिमैत्री इन्जिनियरहरूको सक्रिय सहभागिता हुनुलाई प्राधिकरणले यसलाई सफलताको सुरुवात भनेको छ । 

यसले ​नवीन कार्यशैलीसँगै विश्वव्यापी ट्रेन्ड अनुसारको प्रसारण र वितरण प्रणालीमा टेवा पुग्ने पनि प्राधिकरणको अपेक्षा छ ।

छलफलले विद्युत् सेवालाई थप भरपर्दो बनाउने ठोस प्रतिबद्धताका लागि आधार तयार गरेको पनि प्राधिकरणले जानकारी दिएको छ । 

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ७ : ३२ बजे

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल

मोदीको भिडियो हटाएकोमा जुकरबर्गले मागे माफी, भारतले दिएको थियो मेटालाई कारबाहीको चेतावनी

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाएको र डीपफेक

न्यायाधीशलाई राजीनामा दिन दबाब पारिएको भन्ने प्रचार भ्रामक : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सर्वोच्च अदालतका

मुख्यमन्त्री कार्कीसहित कोशीको एमाले नेतृत्वसँग छलफल गर्दै ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका पदाधिकारीसहित