बैतडीमा आँफैले भरेको भरुवा बन्दुक पड्किँदा वडा सदस्यको मृत्यु « Khabarhub

बैतडीमा आँफैले भरेको भरुवा बन्दुक पड्किँदा वडा सदस्यको मृत्यु


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

धनगढी – बैतडीको सुर्नया गाउँपालिका–२ का वडा सदस्य दान बहादुर ऐरी को आफ्नै घरमा भरुवा बन्दुक पड्किँदा घाइते भई उपचारका क्रममा निधन भएको छ।

बुधबार राति घरमै आफूले भरेको बन्दुक चलाउने क्रममा छर्रा लागेर गम्भीर घाइते भएका ४५ वर्षीय ऐरीको धनगढीमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

घटनापछि उनलाई सोही राति जिल्ला अस्पताल बैतडी लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी सारिएको थियो ।

घटनाको प्रारम्भमा परिवारले ग्यास सिलिण्डर पड्किँदा घाइते भएको बताएका थिए । तर, प्रहरीको अनुसन्धानपछि भरुवा बन्दुक पड्किँदा गोली लागेको खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ९ : २९ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम