बैतडीमा आँफैले भरेको भरुवा बन्दुक पड्किँदा वडा सदस्यको मृत्यु « Khabarhub

बैतडीमा आँफैले भरेको भरुवा बन्दुक पड्किँदा वडा सदस्यको मृत्यु


११ बैशाख २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

धनगढी – बैतडीको सुर्नया गाउँपालिका–२ का वडा सदस्य दान बहादुर ऐरी को आफ्नै घरमा भरुवा बन्दुक पड्किँदा घाइते भई उपचारका क्रममा निधन भएको छ।

बुधबार राति घरमै आफूले भरेको बन्दुक चलाउने क्रममा छर्रा लागेर गम्भीर घाइते भएका ४५ वर्षीय ऐरीको धनगढीमा उपचारका क्रममा आज मृत्यु भएको हो ।

घटनापछि उनलाई सोही राति जिल्ला अस्पताल बैतडी लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी सारिएको थियो ।

घटनाको प्रारम्भमा परिवारले ग्यास सिलिण्डर पड्किँदा घाइते भएको बताएका थिए । तर, प्रहरीको अनुसन्धानपछि भरुवा बन्दुक पड्किँदा गोली लागेको खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

प्रकाशित मिति : ११ बैशाख २०८३, शुक्रबार  ९ : २९ बजे

प्रत्येक जिल्लमा एउटा विद्यालयलाई नमूना विद्यालय बनाउने

काठमाडौं– मधेश सरकारले मधेसका प्रत्येक जिल्लामा एउटा नमूना विद्यालय बनाउने

राउटे समुदायलाई मूल प्रवाहमा ल्याउने नीति

काँक्रेविहार– राउटे संरक्षण नीति स्वीकृत भएसँगै कर्णालीका विभिन्न जिल्लामा बसोबास

मधेसले अब किसानलाई उत्पादनमा आधारित मात्रै अनुदान दिने

काठमाडौं– मधेस प्रदेश सरकारले अब किसानलाई उत्पादन आधारित मात्रै अनुदान

मधेश प्रदेश बजेट : एक करोड भन्दा कम आयोजनामा बजेट विनियोजन नगर्ने

काठमाडौं– मधेश प्रदेशले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्दा एक

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले